राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन-अफ्रिका भाग्य एकरूपताको व्याख्या #चिनियाँराष्ट्राध्यक्ष
2021-11-28 19:13:50cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २९ तारिख पैचिङमा भिडियोमार्फत् चीन-अफ्रिका सहकार्य मञ्चको आठौं मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुँदै मुख्य सम्बोधन गर्नुहुनेछ। के भन्न सकिन्छ भने चीन अफ्रिका सहकार्यको “सबभन्दा उज्यालो बखत” पनि आउनेछ। बितेका केही वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङले धेरैपटक गरी चीन अफ्रिका सम्बन्धका बारेमा महत्वपूर्ण विवरण प्रस्तुत गर्दै आउनुभएको छ। तीमध्ये चीन अफ्रिका भाग्य एकरूपताको निर्माण गर्ने कुरा उहाँले चीन अफ्रिका सम्बन्धलाई निर्देशन दिनुहुने महत्वपूर्ण शब्द पनि हो।

सन् २०१३ को मार्च महिनामा सी चिनफिङले राष्ट्राध्यक्षको पद सम्हाल्नुभएपछि अफ्रिकालाई आफ्नो पहिलो भ्रमणको गन्तव्य छनौट गर्नुभएको थियो। तान्जानियाको नीरेल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उहाँले आधा शताब्दी यता चीन अफ्रिका बीचको मित्रताको पुनः सिंहावलोकन गर्दै चीन अफ्रिका सधैं नै भाग्यको एकरूपता रहिरहेको कुरामा जोड दिनुभएको थियो।

प्राप्त जानकारी अनुसार, आयोजना हुनलागेको उक्त मन्त्री स्तरीय सम्मेलनमा राष्ट्राध्यक्ष सीले अफ्रिकी नेताहरूसँगै मिलेर चीन अफ्रिका सम्बन्धको भावी विकासको दिशा तर्जुमा गर्नुहुने कार्यक्रम रहेको छ।