एमालेले विकासको मार्गमा उल्लेखनीय उपलब्धि हासिल गरेको चिनियाँ कम्युनिस्ट पार्टीको धारणा
2021-11-28 17:13:37cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ । एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै सीपीसीले यस्तो धारणा राखेको हो ।

सीपीसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ । कान्तिपुर अनलाइनका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ।

‘सीपीसीले हालै एकसय वर्ष मनायो त्यस क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरेको थियो,’ सन्देश भनिएको छ, ‘ ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’