china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पर्यटकीय सम्भावना बोकेको बझाङको सुर्मा सरोवर
    (GMT+08:00) 2008-09-09 16:05:48    

             पर्याप्त प्रचारप्रसार गर्न सकेमा बझाङको हिमाली भेगमा रहेको सुर्मा सरोवर पर्यटन विकासको नया सम्भावना हुने विज्ञहरूले औल्याएका छन् । बझाङबाट चार दिनको पैदल यात्रापछि पुगिने सुर्मा सोवरमा ऐतिहासिक, धार्मिक, पर्यटकीय र आर्थिक विकासको अनगिन्ति सम्भावना देखिएका छन् ।

             जति भोक, रोग र सोक जस्ता अभावै अभावले ग्रसित छ त्यति नै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रहेको छ सुदूर पश्चिम । सुन्दरता नै सुन्दरताको भूमिभन्दा पनि फरक नपर्ने यो क्षेत्रका विभिन्न जिल्लामा अवस्थित मनोरम प्राकृतिक दृश्यहरू साँच्चिकै हेर्न लायक रहेका छन् ।

             यस्तै मध्येको एक सुर्मा सरोवर । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङको हिमाली भेगमा अवस्थित चैनपुरबाट चार दिनको पैदल यात्रामा पुगिने यो क्षेत्र ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा आर्थिक रुपमा पनि त्यति नै महत्व बोकेको छ ।

             बाह्रै मास हिउले ढाकिरहने यस क्षेत्रमा वर्षको एक पटक भव्य मेला लाग्ने गर्दछ । बिरी जात्राको नामले प्रसिद्ध यस मेलामा देश विदेशका दसौं हजार तीर्थयात्री पूजाआजाको लागि आउने गर्दछन् । चोखो निम्तो रही शुद्ध मनले यो ठाउँमा गयो भने चिताएको वर पाइने जनविश्वास रहेको यो क्षेत्र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040