china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी आर आई तामिल सेवाका तीन जना विदेशी कर्मचारीका आँखामा पेइचिँगको तीस वर्षको पहिलो भाग
    (GMT+08:00) 2009-09-09 16:49:01    

             चीनमा सुधार र खुलापनको नीति शरु भएदेखि यता झन् झन् बढी विदेशी साथीहरु काम गर्न र जिवन विताउनका लागि पेइचिँगमा आएका छन्। सी आर आई तामिल सेवा स्थापना भएको चालीस वर्षदेखि यता भारत र श्रीलङ्काबाट आएका धेरै विदेशी कर्मचारीहरु पनि काम गर्न यहाँ आएका छन्। आजको कार्यक्रममा विभिन्न अवधिमा चीनमा जिवन विताएका उक्त तीन जना विदेशी साथीका आँखामा चीनबारे म तपाईँहरुलाई जानकारी दिने छु।

             कादिका चालाम तामिल सेवामा काम गरेको सबैभन्दा लामो समय भएका विदेशी कर्मचारी मध्येका एक हुन्। सन् 1983 मा पहिलो पटक पेइचिँग आएदेखि सन् 2004 आफ्नो देश फर्कदासम्म उहाँले चीनमा लगभग बीस वर्ष विताउनुभयो। साथै उहाँले यस बीस वर्षमा चीनमा ठूलो परिवर्तन देख्नुभयो। उहाँको सम्झनामा मालसामान निकै कम भएको चीनको सुधार र खुलापनको शुरुवातमा दैनिक सामान किन्नका लागि टिकट काटनु पर्छ। दश वर्षको विकास भएपछि जताततै देखिनसक्ने सुपर मार्केटमा सबै सामान पनि छन्। अझै विदेशी सामान पनि धेरै छन्। सन् 1999 चीन आएको तेस्रो पटकमा एकपछि अर्को गरी भएको अग्ला भवन र विस्तार भएको सडक आदि ठूलो परिवर्तनबारे उहाँको सबैभन्दा गहिरो याद छ। आफ्नो आम्दानी पनि यसअघिको हरेक महिना सयौँ चिनियाँ युआनदेखि लगभग दश हजार चिनियाँ युआनसम्म बृद्धि भयो। त्यसबारे उहाँले भन्नुभयो

              गत शतब्दीको असी शदकको शुरुमा चीनमा सुधार र खुलापन नीति भर्खरै शुरु भएको थियो। तत्कालीन चीनमा दैनिक सामान निकै कम भएको हालसम्म पनि मेरै सबभन्दा गहिरो याद छ। पेइचिँगमा आइपुगेपछि राम्रो पर्दा पनि किन्न पाउँदैन थियो। कपास पनि निकै कम थियो। दैनिक सामान किन्नका लागि टिकट लिएर लामो समयसम्म बस चढेर मित्रता पसलमा जानु पर्दथ्यो। त्यो टिकट मेरो यादमा रहँदैआएको छ।

               सन् 2003 मा अल इन्डिया रेडियोबाट आएका राजारामले पेइचिँगमा आउनुअघि साथीहरुले उहाँलाई धेरै चेतावनी दिएका थिए। तर चीन आएपछि चीनबारे भूल बुझलाई हटाएर चीनबारे नयाँ अनुभव पाउनुभयो। उहाँले भन्नुभयो

              म चीन आएको बेलामा चीनमा नयाँ सरकारले शासन गर्न शुरु गरेको थियो। चीनमा रेलवेइको गतिमा ठूलो बृद्धि भयो। पेइचिँगबाट शाँग हाइसम्म दश घण्टामा पुगिने भयो। त्यसमा मैले द्रुत गतिले विकास हुँदैआएको "चीनको गति" अनुभव गर्छु। विदेशी व्यवसाय चीनमा आउनुका साथै चीनको राष्ट्रिय व्यवसाय पनि विश्वमा जान्छन। भारतमा चीनको प्रसिद्धि प्रकार जस्तै लेनोभो र हाइएर सबैलाई थाहा छ।

             चालाम र राजारामको तुलनामा पेइचिँगमा बस्नुभएका मारिआ मिचाएल र उहाँका श्रीमती मारि फ्रास्काल अझ भाग्यमानी हुन्छ। उहाँहरुले प्रशस्त सामान पाउन सक्नु हुन्छ, चारैतीर पुग्ने सववेइ(subway) पाउनसक्नु हुन्छ, राष्ट्रिय खेल मैदानमा ओलम्पिक खेलकुद हेर्नसक्नु हुन्छ, राष्ट्रिय विशाल रंगशालामा ओपेरा देख्नसक्नु हुन्छ र नयाँ पुनःनिर्माण भएको छ्यान मन सडकमा अवलोकन गर्नसक्नु हुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040