|
|
|
|||||||||
|
||
बेलायतका प्रधानमन्त्री गोर्दोन ब्राउनले हिजो त्यहाँको भ्रमणमा रहनुभएका स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिकोसित भेट-वार्ता गर्नुभएको छ। उहाँले स्लोभाकद्बारा अफ्गानिस्तानमा थप सेना पठाउने निर्णयको प्रशंसा गर्नुभयो।
हाल अफ्गानिस्तानमा तैनाथ स्लोभाकी सैनिकको संख्या लगभग 246 छ। स्लोभाकका प्रधानमन्त्री फिकोले अफ्गानिस्तानमा लगभग थप 250 सैनिक पठाउने योजना रहेको कुरा व्यक्त गर्नुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
||||||