फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार-माध्यम तथा विभिन्न क्षेत्रका व्यक्तिद्बारा चीन तथा अमेरिकाका राष्ट्रनायकबीचको पैचिङ्ग वार्ताको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2009-11-19 18:58:37

        अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो चीन भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकबीच पैचिङ्गमा वार्ता भएको छ। साथै दुवै पक्षले "चीन-अमेरिका संयुक्त वक्तव्य"पनि सार्वजनिक गरेका छन्। विदेशी सञ्चार-माध्यम तथा विभिन्न पक्षका व्यक्तिका अनुसार, चीन तथा अमेरिकाका राष्ट्रनायकबीच पैचिङ्ग वार्तामार्फत अनेकन महत्वपूर्ण विषयबारे मतैक्य प्राप्त हुनुका साथै चीन तथा अमेरिका दुवै देशका लागि सहयोग हुने एउटा नयाँ युगमा प्रवेश भएको छ।

         सिङ्गापुरको "ले ह चाउ पाउ"अखवारले आज एउटा सम्पादकीय प्रकाशित गर्दै सारा विश्वमा दुईवटा महत्वपूर्ण ठूला मुलुकको हैसियतले चीन तथा अमेरिकाबीचको स्थिर र रचानात्मक सहयोगी सम्बन्ध दुवै पक्षको हितका लागि मात्र नभई समस्त विश्वको हितका लागि पनि ज्यादै अनुकूल हुने कुरा जनाएको छ।

         बि.बि.सि.ले हिजो दुवै देशका राष्ट्रनायकबीचको वार्ता रचनात्मक र फलदायी रहेको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह