परम्परागत कृषिको विकल्पमा सुरु गरिएको डडेधुराको आलितालको मौरीपालन व्यवसाय बर्सेर्नि फस्टाउँदै गइरहेको छ । मौरीपालनमा त्यस क्षेत्रका कृषकहरूको आकर्षण र विभिन्न निकायको सहयोगमा केही वर्षअगाडिमात्र सुरु गरिएको मौरीपालन व्यवसाय छोटो समयमा नै फस्टाएको हो । तीन वर्ष अगाडिदेखिमात्र व्यावसायिकरूपले सुरु गरिएको त्यस क्षेत्रको मौरीपालन अहिले डडेल्धुरामा मात्र होइन सुदूरपश्चिमकै लागि प्रसिद्ध बनेको छ ।
जिल्ला कृषि विकास कार्यालय, डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठ भन्छन् – त्यहाँ उत्पादित महको गुणस्तर सुदूरपश्चिममै राम्रो रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आलिताल गाविसको जालटुङ्डा, ओखलढुङ्गा, रज्यौडा, धारापानी, ग्वान्नी, सेरी, बेलभाडी, गल्लेक, डोला, कान्तिपुर, रक्सौन, ध्याडी गाउँमा व्यावसायिकरूपमा मौरीपालन हँदैआएको छ ।