जापान भ्रमणमा रहनुभएका चीनका परराष्ट्रमन्त्री याङ्ग चे छ हिजो राती जापानका विदेशमन्त्री कट्सुयसँग भेट-वार्ता गर्नुका साथै दुबै पक्षले चीन र जापानबीचको सम्बन्ध र साझा अभिरुचिका विषयबारे वैचारिक आदान-प्रदान गर्नुभयो।
भेटमा श्री याङ्ग चे छले जापानमा नयाँ सरकारको स्थापना भएपछि चीन र जापानबीचको आपसी हितयुक्त सम्बन्ध सफल रुपमा अघि बढेको कुरामा दुई मुलुकका नेतागणले सहमति जनाउनुभएको बताउनुभयो।यसबाट विकासको नयाँ अवशरको देखापर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।
प्रत्युत्तरमा जापानका विदेशमन्त्रीले जापान र चीनले विभिन्न क्षेत्रको छलफल र सहयोगलाई अझ विस्तृत पार्नुका साथै द्विपक्षीय,क्षेत्रीय र विश्वव्यापी समस्याबारे गहिरो वैचारिक आदान-प्रदान गर्नुपर्ने बताउनुभयो।