नियम
              यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। श्रोताहरु, शाङहाई विश्व एक्सपोको आयोजना आगामी मेइ एक तारिखदेखि अक्टोबर एकतीस तारिखसम्म हुदैछ। विदेशका व्यापक नागरिकहरुलाई मातृभाषामार्फत शाङहाई विश्व एक्सपोका विषय-बस्तु, हलहरु तथा सम्बन्धित कार्यक्रमहरु लगायतका विभिन्न सूचनाबारे जानकारी गराउन तथा मानव जातिको जीवनप्रति "शहर" नामक विषयको अर्थलाई व्याख्या गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले आगामी फेब्रुअरी बीस तारिखदेखि अगष्ट एक तारिखसम्म रेडियो तथा सि.आर.आई आनलाइनमार्फत "रोचक विश्व एक्सपो शाङहाईमा भेटौं" ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना गर्नेछ।
पुरस्कार
             पहिले आयोजित ज्ञान-विज्ञान प्रतियोगिता जस्तै हरेक अध्यायको अन्त्यमा हामीले तपाईंहरुका लागि दुई वटा प्रश्न तयार गरेका छौं। तपाईंले जवाफ दिएपछि हामी तपाईंहरुमध्ये विशेष पुरस्कार, पहिलो पुरस्कार, दोस्रो पुरस्कार र तेस्रो पुरस्कार प्राप्त गर्ने विजेताहरुको छनौट गर्नेछौं। तीमध्येका विशेष पुरस्कार प्राप्त गर्ने विजेताले चीनको निशुल्क भ्रमण गर्ने सुअवसर पाउनुहुनेछ। तपाईं यस ज्ञान-विज्ञान प्रतियोगितामा राम्रो सफलता हासिल गर्न सक्नुहोस् भन्ने हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं।
सम्बन्धी लेख
  • हाई पाउसँग शाङहाइमा विश्व एक्स्पोको नेपाल मण्डप घुमौ
  • " हाई पाउ"व्दारा तपाईंहरुलाई एक्स्पो बारेको कथा सुनाउदैछु
  • हाई पाउले तपाईहरुलाई शाङहाइमा घुमाउनेछ
  • तपाईंको स्वागतमा रहेको "हाइ पाउ"मार्फत शाङहाइ विश्व एकस्पोको चीनको स्टेडिम यात्रा
  • हाई पाउद्वारा तपाईंलाई विश्व एक्सपो घुम्न लैजाने
  • © China Radio International.CRI. All Rights Reserved.
    16A Shijingshan Road, Beijing, China. 100040