फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानले नौ तारिखदेखि बीस प्रतिशत शुद्ध यूरेनियमको उत्पादन शुरु गर्ने

(GMT+08:00) 2010-02-08 10:13:43

          इरानको परमाणविक संगठनका अध्यक्ष अली अख्बार सालिहीले आज इरानले नौ तारिखदेखि बीस प्रतिशत शुद्ध यूरेनियमको उत्पादन सम्बन्धी कार्य थाल्ने बताउनुभएको इरानी टी भी स्टेशनले जनाएको छ ।

          उहाँका अनुसार इरानले आजैदेखि अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजेन्सीलाई प्रदान गर्ने एउटा दस्तावेजको तर्जुमा गरी बीस प्रतिशत शुद्ध यूरेनियमको उत्पादन सम्बन्धी कार्य थाल्ने घोषणा गर्ने छ । आठ तारिख औपचारिक रुपमा उक्त दस्तावेज प्रदान गर्नुका साथै नौ तारिखदेखि अन्तर्राष्ट्रिय परमाणविक एजेन्सीको निगरानीमा सो सम्बन्धी कार्य थाल्ने योजना रहेको छ।

           उहाँले सोही दिन केही अघि पत्रकारसंगको अन्तर्वार्तामा बोल्दै सम्बन्धित् मुलुकहरुसित आणविक इन्धन उर्जाको वेचबिखन सम्बन्धी वार्ता विफल भएमा इरानले नाथान्जमा रहेको आणविक प्रबन्धमा बीस प्रतिशत शुद्ध यूरेनियमको उत्पादन सम्बन्धी कार्य थाल्ने बताउनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह