फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका गृहमन्त्री रावल र चीनका सार्वजनिक सुरक्षा मन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2010-02-09 17:10:40

        चीनका सार्वजनिक सुरक्षा मन्त्री मंग चेन चुले हिजो पैचिङ्गमा चीन भ्रमणमा रहनुभएका नेपालका गृहमन्त्री भिमबहादुर रावलसँग वार्ता गर्नुभयो।

          सो अवसरमा श्री मंग चेन चुले सुरक्षा सहयोग क्षेत्रमा नेपालले चीनलाई दिएको दृढ समर्थनको चीन सरकारले प्रशंसा गर्दछ भन्दै दुई देशबीच कानून कार्यान्वयन क्षेत्रको सहयोगलाई चीनले ठूलो महत्व दिनुका साथै यसको सक्रियताका साथ प्रवर्द्धन गर्ने कुरा पनि बताउनुभयो। नेपालको गृह मन्त्रालयसँग दुई देशका नेताबीच सम्पन्न भएको सहमतिलाई सँयुक्त रुपमा व्यवहारमा उतारेर दीर्घकालीन सिद्धान्तको आधारमा आदान-प्रदानलाई अझ सुदृढि गरी सहयोगलाई व्यापक पारेर दुई देशबीचको सम्बन्धको दिगो तथा स्वस्थ विकासलाई अझ अगाडी बढाउन चीन इच्छुक रहेको पनि श्री मंग चेन चुले व्यक्त गर्नुभयो।

           प्रत्युत्तरमा श्री रावलले चीनसितको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धमा नेपालले ठूलो महत्व दिएको छ भन्दै कानून कार्यान्वयन र सिमा सूरक्षलाई सुदृढ गर्ने बिषयमा चीनसितको सहयोगलाई अझ मजबुत पार्ने नेपालको चहाना रहेको स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह