फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघीय उपमहासचिव उत्तर कोरियाको भ्रमणमा

(GMT+08:00) 2010-02-09 18:48:32

        संयुक्त राष्ट्र संघको राजनैतिक मामिला हेर्ने उपमहासचिव इयनन् पास्कोए आज दिउँसो उत्तर कोरियाको प्योङयाङ पुग्नुभइ चार दिने उत्तर कोरियाको भ्रमण शुरु गर्नुभयो।

         उहाँले राष्ट्र संघका महासचिव बान कु-मुनको विशेष दूतको हैसियत्तमा उत्तर कोरियाको भ्रमण गर्नुभएको हो। सन् 2004 यता राष्ट्र संघीय उच्च पदाधिकारीले उत्तर कोरियाको भ्रमण गर्नुभएको यो पहिलो हो। उत्तर कोरियाको विदेश मन्त्रालयका पदाधिकारीले विमानस्थलमा उहाँलाई स्वागत गर्नुभयो।

          प्राप्त समाचारअनुसार, महासचिव बान कि-मुनले तीन तारिखका दिन दिनुभएको जानकारीअनुसार, उपमहासचिव पास्कोएले उत्तर कोरियाका पदाधिकारीसित कोरियाली प्रायद्बिपको आणविक समस्यालगायत राष्ट्र संघ र उत्तर कोरियाबीचको साझा चासोका विषयबारे विस्तृतरुपमा छलफल गर्नुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह