फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको प्रशस्त गैर-भौतिक साँस्कृतिक सम्पदाको प्रभावकारी रुपमा संरक्षण 2

(GMT+08:00) 2011-07-20 19:33:42

              तिब्बती संस्कृतिको बिँडो थाम्ने समृद्ध प्रवृत्ति तिब्बतले गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण कार्य थालेदेखि सबैभन्दा टड्कारो विशेषता भएको छ। तिब्बतको साँस्कृतिक मूल्यवान जुहारतको रुपमा तिब्बती चिकित्सा तथा जडिबुटी औषधिको संरक्षण गरिएनुका साथै त्यसको बजार पनि विस्तारित भएको छ। तिब्बती जडिबुटी औषधिमध्येका केही विशेष औषधिलाई प्रशोधित गर्ने प्रबिधि राष्ट्रिय स्तरीय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ। तिब्बती चिकित्सा तथा जडिबुटी औषधिसमक्ष पहिले कहिल्यै पनि नभएको सुअवसर आज देखापरेको छ। अहिलेसम्म करिब तीन सय प्रकारको तिब्बती जडिबुटी औषधिलाई "संरक्षणमा पर्ने चिनियाँ जडिबुटी औषधि"को सूचीमा राखिएको छ। पहिले सर्वसाधारणद्वारा मानिएको मूल्यवान तिब्बती जडिबुटी औषधि अहिले तिब्बती सर्वसाधारणको घरमा भएको सामान्य जडिबुटी औषधि बनेको छ। तिब्बती चिकित्सा इन्स्टिट्यूटका प्रमुख मिमा छिरिङ यसबारे जानकारी दिँदै भन्नुहुन्छ,

              पहिले हाम्रा सर्वसाधारणले केही मूल्यवान तिब्बती जडिबुटी औषधि धेरै महंगो भएको मानेर गम्भीर रोग लागेपछि मात्रै त्यो औषधि खाएका थिए। तथापि अहिले सर्वसाधारण तिब्बती जडिबुटी औषधि किन्नसक्छन्। रोग नलागेको बेलामा त्यसको प्रतिरोध गर्नका लागि पनि सर्वसाधारणले औषधि खान्छन्।

              तिब्बत स्वायत्त प्रदेशको साँस्कृतिक व्यूरोका उप-प्रमुख रन शु छ्युङका अनुसार, सन् 2005मा राज्य परिषदले गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण परियोजना लागु गरेदेखि यता तिब्बतका कूल छयहत्तरवटा परियोजना राष्ट्रस्तरीय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ। जसबाट गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीसम्बन्धी राष्ट्र, स्वायत्त प्रदेश, नगर तथा जिल्लालगायत चार स्तरको व्यवस्थाको गठन भएको छ। तीमध्ये गसारको गायनसम्बन्धी कलाकार छिरिङ द्रादुल, तिब्बती थाङ्कासम्बन्धी चित्रकार टेम्बा राब्टेनलगायत त्रीपन्न जना व्यक्तिलाई राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदाका प्रतिनिधि उत्तराधिकारीको रुपमा छनौट गरिएको छ। श्रीमती रन शु छ्युङ भन्छिन्,

               आगामी पाँच वर्षसम्म हुने काममा हामीले गैर-भौतिक साँस्कृतिक परियोजनाको आधारमा विशेषतायुक्त सँस्कृतिसम्बन्धी मार्काको सिर्जना गर्नेछौं। बाह्रौं पञ्चवर्षीय योजनाको अन्त्यमा हाम्रो राष्ट्रस्तरीय परियोजनाको संख्या एक सयभन्दा बढी पुर्‍याउन, स्वायत्त प्रदेशस्तरीय परियोजनाको संख्या तीन सयभन्दा बढी पुर्‍याउन तथा हाम्रो तिब्बतलाई चीन राष्ट्रको विशेषतायुक्त संस्कृतिको संरक्षण गर्ने स्थानको निर्माण गर्न पनि हामीले सक्दो प्रयास गर्नेछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह