फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रजातान्त्रिक सुधारद्वारा तिब्बती जनतालाई जीवन्त शक्ति पुर्‍याइएको 1

(GMT+08:00) 2011-08-03 17:21:33

 

 

           गत मार्च अठाइस तारिखमा तिब्बतका लाखौं-लाख भूदास मुक्त भएको स्मृति दिवस परेको थियो। आजकाल तिब्बती जनताले आफ्नो घरको चोकमा राष्ट्रिय झण्डा फहराउने तथा गोष्ठीको आयोजना गर्ने विविध तरिकामार्फत यस विशेष दिवसको सम्झना गर्दै आएका छन्। शान नान क्षेत्रका किसान तथा पशुपालकहरुले पहिले भूदासको हृदयविदारक जीवन अभिव्यक्त गर्ने ओपेरा "भूदासको आँसु" को अभिनय गरेका छन्।

            यस ओपेराकी अभिनेत्री बाइमा युन तानले इतिहास बितिसकेतापनि पहिलेको दुःखद जीवनबारे सिंहावलोकन गर्दा अहिले सुखको अनुभव गर्न सकिने कुरा बताएकी छिन्। उनको भनाइ एकदम ठीक छ, कुनै सामानता नभएको तथा शोषण र अत्याचारको चपेटामा परेका भूदासले व्यक्तिगत स्वतन्त्रता प्राप्त गरी तिब्बतका मालिक बनेसम्म तिब्बतका बीस लाख जना भन्दा बढी किसान तथा पशुपालकले आजको सुखमय जीवन निकै मन पराउँछन्।

            सन् 1959 को मार्च अठाइस तारिखका दिन चीनको केन्द्रीय सरकारले तिब्बतमा प्रजातान्त्रिक सुधार गर्ने घोषणा गरेको थियो। जसबाट तिब्बतमा हजारौं वर्षसम्म चलेको सामन्तदी भूदास व्यवस्थाको उन्मूलन गरिएको छ। त्यस बेलादेखि नै लाखौं-लाख भूदास तथा दासहरुले नयाँ जीवन प्राप्त गरेका थिए। वितेका बाउन्न वर्षदेखि तिब्बती जनताको राजनीतिक अधिकार, सामाजिक तथा आर्थिक विकासको अधिकार, साँस्कृतिक अधिकारलाई बिँडो थाम्ने तथा त्यसको विकास, धार्मिक आस्थाको स्वतन्त्रतालाई केन्द्रीय स्थानमा राखी तिब्बतले विकास गर्दै आएको छ। तिब्बतका अत्याधिक जनसङ्ख्यामा भएका किसान तथा पशुपालकहरुले यसप्रति सबैभन्दा गहिरो अनुभव गरेका छन्।

            आफ्नो कुरा आफूले निर्णय गर्नुपर्छ। सन् 1965 मा तिब्बत स्वायत्त प्रदेशको स्थापना भएपछि चीनको केन्द्रीय सरकारले तिब्बतमा लागू गरेको जातीय क्षेत्रको स्वशासित व्यवस्थाबाट तिब्बती जनताले स्वक्षेत्रको स्वतन्त्र रुपमा व्यवस्थापन गर्ने अधिकार प्राप्त गरेका हुन्। तिब्बती जनता प्रजातान्त्रिक निर्वाचनमार्फत जन-प्रतिनिधिको छनौट गरेपछि विभिन्न स्तरीय जन काङ्ग्रेसबाट राष्ट्रिय तथा क्षेत्रीय मामिलाको व्यवस्थापन गर्ने अधिकारको प्रयोग गर्दछन्।

            हाल तिब्बतका विभिन्न स्तरीय जन काङ्ग्रेसका चौंतीस हजार जना भन्दा बढी प्रतिनिधिमध्ये तिब्बती जाति तथा अरु अल्पसङ्ख्यक जातिको भाग चौरानब्बे प्रतिशतभन्दा बढी पुगेको छ। स्वायत्त प्रदेश, नगर तथा जिल्ला तीन स्तरको राष्ट्रिय निकायका कर्मचारीहरुमध्ये तिब्बती जाति तथा अरु अल्पसङ्ख्यक जातिका व्यक्तिहरुको भाग करिब असी प्रतिशत रहेको छ। तिब्बत स्वायत्त प्रदेशको जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष, तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष तिब्बती नागरिक हुनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह