फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जनताको जीवन र समाजको विकास 1

(GMT+08:00) 2011-09-14 18:52:33

 

             चालु वर्षको मार्च अठाईस तारिख तिब्बतमा लाखौंलाख भूदासहरू मुक्त भएको तेस्रो सम्झना दिवस परेको थियो। बिगत पाँच वर्षमा तिब्बत सरकारले तिब्बती जनताको जीवनको सुनिश्चितता र सुधारलाई सरकारको मुख्य कार्य बनाउनुका साथै सामाजिक सुनिश्चितता, यातायात, शिक्षा-दीक्षालगायतका क्षेत्रहरूमा लगानी बढाएर तिब्बती बासिन्दाको जीवनस्तरमा सुधार गर्दैआएको जानकारी तिब्बत स्वायत प्रदेशका अध्यक्ष पद्मा ठिन्लेले दिनुभएको छ। आजको चीनको तिब्बत नियमित कार्यक्रममा यस विषयसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

            केही वर्षदेखि यता ल्हासा शहरको छाइ कुङ्ग थाङ्ग जिल्लामा बस्ने बृद्धा पासाङ्गलाई सबैभन्दा खुसी लाग्ने कुरा भनेको हरेक महिना साठी चिनियाँ युआनको वृद्धभत्ता प्राप्त गर्नु हो। उहाँ भन्नुहुन्छ—

           "म बूढो भइसकेकोले खेती गर्न सक्दिंन। म छोरा-छोरीसँगै बसेको छु । मेरो परिवारमा जीवन चलाउन झण्झट थियो। तर सरकारले हामीलाई वास्ता गरी वृद्धा भत्ता प्रदान गरेको छ। हाल मेरो परिवारको जीवन निकै सुखमय छ।"

            अहिले तिब्बतमा वृद्धवृद्धाका लागि आधारभूत विमा, चिकित्सा विमा, बेरोजगारी विमालगायत सामाजिक विमा प्रणालीको स्थापना भइसकेको छ। भविष्यमा तिब्बतले सामाजिक सुनिश्चिततासम्बन्धी प्रणालीलाई निरन्तर रुपमा पूर्णता दिलाउने छ।

           दुर्गम गाउँहरूबीचको यातायात समस्याको समाधान गर्न चालुवर्ष तिब्बतले विशेष नीतिको तर्जुमा गरी जिल्ला या गाउँका मार्गमा चल्ने यात्रुवाहक गाडीका लागि पनि तिब्बत स्वायत्त प्रदेशको वित्तीय विभागले भत्ता दिने निर्णय गरेको छ। हरेक महिना बढीमा एक हजार चार सय चिनियाँ युआनको भत्ता प्राप्त गर्न सकिन्छ। यसबारे चर्चा गर्दै तिब्बत स्वायेत्त प्रदेशको यातायात व्यूरोका उप-प्रमुख सोनाम छेप्पेल भन्नुहुन्छ,

            पञ्चवर्षीय योजनाको अवधिमा प्रशासनिक गाउँमा यात्रुवाहक बस सेवाले ढाक्ने दर अहिलेको चालीस प्रतिशतबाट बढेर साठी प्रतिशतसम्म पुग्नेछ। जसले स्थानीय किसान तथा पशुपालकहरूको बाहिर घुम्ने माग पूर्ण रुपमा पूरा गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह