फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत फड्कोमार्ने गरी प्रगति भएको नयाँ युगमा प्रवेश गरिरहेको 1

(GMT+08:00) 2011-09-28 21:32:30

            एघारौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बत स्वायत्त प्रदेशमा प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा सत्र हजार तीन सय उन्नाईस चिनियाँ युआन पुगेको थियो। यो दशौं पञ्चवर्षीय योजनाको अवधिको तुलनामा आठ हजार दुई सय त्रीयासी चिनियाँ युआन बढेको हो। प्रति किसान तथा पशुपालकको सरदर आय चार हजार एक सय अड्तीस चिनियाँ युआन पुगेको थियो। यो दशौं पञ्चवर्षीय योजनाको अवधिको तुलनामा एक गुणाले बढी हो। चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशको जन-काङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिन्जा तेन्जिन छोइताले यसबारे चर्चा गर्दै भन्नुभयोः

             "हाल तिब्बत गतिशील विकासबाट फड्कोमार्ने गरी प्रगति भएको नयाँ युगमा प्रवेश गरिरहेको छ भने तुलनात्मक बन्दको अवस्थाबाट पूर्ण खुलापनको अवस्थामा पुगेको छ। तिब्बतमा कृषि तथा पशुपालन उद्योग मात्रै रहेको अवस्थाबाट आर्थिक विकासको विविध तरिका पनि भित्रिएको अवस्थामा पुगेको छ। तिब्बतले वातावरणको पूर्ण संरक्षण गरेको छ। तिब्बतले आज खाने-लाउने समस्याको समाधान भएको अवस्थाबाट सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिरहेको छ। तिब्बतले आधारभूत स्थिरताको अवस्थाबाट दीर्घकालीन अवधिसम्मको स्थिरताको संरक्षण गरेको छ। आजकाल तिब्बत इतिहासमै सबैभन्दा राम्रो समयमा गुज्रेको छ र तिब्बत इतिहासको नयाँ सुरुवातमा उभिइरहेको छ।

              पर्यटन उद्योग तिब्बत स्वायत्त प्रदेशको विशेष उद्योग हो। पर्यटनको विकासबाट विश्वले साँचो तिब्बतबारे जानकारी पाउनुका साथै तिब्बती जनताले धेरै सम्पत्ति पनि आर्जन गरेका छन्। बितेका पाँच वर्षभित्र चीन सरकारले बाईस वटा प्राचीन कालको साँस्कृतिक भवनको जीर्णोद्धार गर्न सन्ताउन्न करोड चिनियाँ युआनको लगानी गरेको छ। तिब्बतको परम्परागत लोककला, तिब्बती ओपेरा आदि साठीवटा साँस्कृतिक कार्यक्रमलाई राष्ट्रिय गैर भौतिक साँस्कृतिक संरक्षण सूचीमा राखिएको छ। पोताला दरबार, जोखाङ दरबार तथा नोर्बु लिङखालाई संयुक्त राष्ट्र संघको विश्व साँस्कृतिक गैर भौतिक सम्पदा सूचीमा राखिएको छ।

             रहस्यमय तिब्बती सँस्कृति तथा सुन्दर वातावरणले धेरै पर्यटकहरुलाई आकर्षित गरेको छ। आर्थिक विकास र वातावरण संरक्षणलाई तिब्बत स्वायत्त प्रदेशको महत्वपूर्ण कार्यको रुपमा राखिएको छ। "तिब्बतको पर्यावरणीय सुरक्षाको संरक्षण तथा निर्माणसम्बन्धी परिकल्पना"को अक्षरसः पालना गरिनुका साथै समस्त चीनमा तिब्बतको घाँसे-मैदानको संरक्षणसम्बन्धी पुरस्कार व्यवस्था लागु गरिएको छ। हालै तिब्बतको विभिन्न किसिमको प्राकृतिक आरक्षण क्षेत्रको कूल क्षेत्रफल चार लाख दश हजार वर्गकिलोमिटर पुगेको छ। सो मात्रा चीनको प्रथम स्थानमा रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह