फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत फड्कोमार्ने गरी प्रगति भएको नयाँ युगमा प्रवेश गरिरहेको 2

(GMT+08:00) 2011-10-05 17:41:09

           बितेका पाँच वर्षभित्र तिब्बतमा पर्यटकहरुको कूल संख्या करिब तीन गुणाले बढेर अठसट्ठी लाख पचास हजार पुगेको छ। चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पदमा सिनलेले भन्नुभयो,

            "पर्यटनको द्रूत गतिको विकासले वातावरणलाई ध्वस्त पारेको छ कि भन्नेमा तपाईंहरु ढुक्क हुनुहोस्, शङ्का नगर्नुहोस्। हाम्रो मुख्य जिम्मेवारी भनेको सुन्दर वातावरणलाई सुनिश्चित पार्नुपर्ने पूर्वार्धमा पर्यटनको धुमधामसँग विकास गर्नु हो। छिंगहाइ-तिब्बत रेलमार्ग सञ्चालनमा आएपछि तिब्बत आएका पर्यटकहरुले रेलमा एउटा पुस्तक पाउँनेछन् । सो पुस्तकमा पर्यटकहरुले आफ्नो शरीरका लागि ध्यान दिनुका साथै तिब्बतको पर्यावरणलाई पनि संरक्षण गर्ने आशा उल्लेख गरिएको छ। तिब्बतको क्षेत्रफल एक करोड बीस लाख वर्गकिलोमिटर छ। तथापि तिब्बतमा साठी लाख पर्यटक पुगेका छन्। यो संख्याभन्दा चीनको अरु भित्री प्रदेश अथवा विश्वका लागि एउटा दृश्यालवोकन क्षेत्रका पर्यटकहरु बढी छन्, त्यसै कारण तिब्बतको वातावरणलाई कुनै पनि हालतमा बिगारिने छैन।

            बितेका पाँच वर्षको अवधिमा तिब्बत स्वायत्त प्रदेशको यातायातसम्बन्धी सञ्जालको आधारभूत रुपमा स्थापना भएको छ। हाल तिब्बतमा राजमार्गको कूल लम्बाइ अन्ठाउन्न हजार किलोमिटर पुगेको छ। सो लम्बाइ सन् 2005 को तुलनामा तेत्तीस प्रतिशतले बढी हो। छिंगहाइ-तिब्बत रेलमार्गको सञ्चालनबाट तिब्बतमा रेलमार्ग नभएको इतिहासको अन्त्य भएको छ। लिन च, आलि, शिगाचेमा विमानस्थलको स्थापना पनि भएको छ। हालै तिब्बतको सूचनाकरणसम्बन्धी निर्माणमा पनि द्रूत गतिले विकास भएको छ। इन्टरनेट प्रयोगकर्ताको कूल संख्या एघार लाख पचास हजार पुगेको छ।

              बाह्रौं पञ्चवर्षीय योजनाबारे चर्चा गर्दै चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसका प्रतिनिधि एवम् चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् तिब्बत स्वायत्त प्रदेश समितिका सचिव चाङ छिंग लिले भन्नुभयोः

             बाह्रौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बतले आर्थिक तथा सामाजिक विकासमा जनताको जीवनसँग सम्बन्धित विषयलाई धेरै महत्वपूर्ण स्थानमा राख्नेछ। जनताको जीवन अझै राम्रो हुनेछ। सन् 2013 सम्म हाम्रो स्वायत्त प्रदेशका सम्पूर्ण किसान तथा पशुपालकहरुले सुरक्षित घर-जग्गामा बस्न पाउनेछन् तथा सुधार र खुलापनको उपलव्धिको उपभोग गर्न पाउँनेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह