फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण मुक्तिद्बारा तिब्बतको सामाजिक विकास तथा प्रगतिमा जग बसालिएको 1

(GMT+08:00) 2011-11-09 20:03:05

            चालुवर्षको मे महिनाको तेईस तारिका दिन तिब्बतमा शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सव हो। हाल तिब्बतका विभिन्न क्षेत्रले विविध कार्यक्रममार्फत तिब्बतको इतिहासमा परिवर्तन भएको महत्वपूर्ण घटनाको सम्झना गरेको छ। सम्बन्धित विशेषज्ञका अनुसार, तिब्बतमा शान्तिपूर्ण मुक्ति भएको कुरा ऐतिहासिक प्रवाहसित अनुकूल भएको र यसले तिब्बतको सामाजिक विकास तथा प्रगतिमा जग बसालेको छ।

            सन् 1951 को मे तेईस तारिखका दिन चिनियाँ केन्द्रीय सरकार र पूर्व तिब्बती सरकारले पैचिंगमा "तिब्बत शान्तिपूर्ण रुपमा मुक्त हुने सम्झौता-पत्र"मा हस्ताक्षर गरेर तिब्बत शान्तिपूर्ण रुपमा मुक्त भएको घोषणा गरेका थिए। उक्त महत्वपूर्ण घटनाको पृष्ठभूमिबारे चर्चा गर्दा चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रअन्तर्गत इतिहास अध्ययन विभागका प्रमुख डा.च्याङ युनले भन्नुभयो-सन् 1951 मा चिनियाँ जनमुक्ति सेनाले तिब्बततिर अघि लम्कदै थियो। तर तिब्बतको ठोस अवस्थाको कारणले चिनियाँ केन्द्रीय सरकारले शान्तिपूर्ण मुक्तिसम्बन्धी घटनाबारे छलफल गर्न प्रतिनिधिहरुलाई पैचिंग आउनका लागि तिब्बती सरकारलाई सूचना दिएको थियो। श्री चाङले भन्नुभयो

          "त्यस अवधिमा साम्राज्यवादी मुलुकले तिब्बती मामिलामा हस्तक्षेप गरेको थियो। सर्वप्रथम हामीले सैनिक आधार रहनुपरेको थियो। तर चीनका पूर्व राष्ट्राध्यक्ष माओले राजनैतिक उपायमार्फत तिब्बत समस्याको समाधान गर्ने र राजनैतिक उपाय नै सर्वप्रथम वास्तविक उपाय भएको कुरामा जोड दिनुभएको थियो। चिनियाँ केन्द्रीय सरकारले राजनैतिक उपायमार्फत तिब्बत समस्याको समाधान गर्ने भएको कुराले क्षति कम हुनसक्ने, हान जाति र तिब्बती जातिबीचको एकतामा प्रभाव नपर्ने तथा साम्राज्यवादी मुलुकले तिब्बतलाई पृथक गर्ने मौका नदिने विचार गरेको थियो।"

           तथापि चिनियाँ केन्द्रिय सरकारले तिब्बतको शान्तिपूर्ण मुक्ति गर्ने नीतिलाई तिब्बतका उच्च तहका विद्रोहीहरु तथा साम्राज्यवादी मुलुकद्वारा रोकिएको थियो। त्यही बेलामा राजनीति तथा धर्म गाँसिएको तिब्बती स्थानीय सरकारको सेनाले चिनियाँ जन मुक्ति सेनासँग तिब्बतको पूर्वी भागमा पर्ने छाङ तुमा लडाईं गरेको थियो। अन्तमा तिब्बती सेनालाई पराजित गरिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह