फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साठी वर्षमा तिब्बतीहरुको जीवन 1

(GMT+08:00) 2011-12-07 19:51:07

 

             चालू वर्षको मेइ तेईस तारिख तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव हो। साठी वर्षदेखि यता विपन्न तिब्बतमा खुलापन र धनी हुँदैआउनुका साथै सामान्य तिब्बतीहरुको जीवनमा पनि ठूलो परिवर्तन आएको छ। आजको चीनको तिब्बत कार्यक्रममा म केही सामान्य तिब्बतीहरुको जीवनको परिवर्तनबारे चर्चा गर्छु।

            "यहाँ मेरो तिब्बती ढाँचाको बैठक कोठा हो र त्यहाँ यूरोपेली ढाँचाको बैठक कोठा हो।"

             विहानको सूर्यकिरण 77 वर्षको श्री येशे लोड्रोको बैठक कोठामा परेको छ। स छ्वानबाट आएका पर्यटकहरु मिठो नूनिलो चिया र सुख्खा मासु खानुका साथै तिबब्बती शैलीको परिवार भरिएको दोस्रो तलामा रहेको येशे लोड्रोको कथा सुन्दैछन्।

            "मुक्तिअघि म बागो सडकमा कमारा थिएं। जहाँ काम गरेर त्यहीं सुत्थें। आफूसँग केहि पनि थिएन। त्यस बेला मिठाइ खान पाएमा निकै खुसी लाग्थ्यो। तर अहिले गाउँमा पनि भात र सागसव्जी खान पाइन्छ। मेरो जीवनमा निकै ठूलो परिवर्तन आएको छ।"

             पूरानो तिब्बतमा भएको सामन्तवादी भूदास व्यवस्थामा रहेको एउटा भूदासको परिवारमा श्री येशे लोड्रोको जन्म भएको छ। सन् 1951 मा तिब्बतको शान्तिपूर्ण मुक्ति भएपछि श्री येशे लोड्रोले तिब्बत जातिय अधिकारी विद्यालयमा भर्ना भई त्यहाँ शिक्षा लिनुभएको थियो। त्यसपछि उहाँ ल्हासामा पहिलो खेपका यातायात प्रहरीहरुमध्येको एक बन्नुभयो। निवृत्तिपछि आफ्नो घरमा होम स्टे खोलेका उहाँको जीवन ज्यादै सुखमय रहेको छ।

             "अहिलेको आवास पहिलेको कुलीन परिवारको आवासभन्दा अझ राम्रो छ। हरेक महिना म तीन हजार छ सय पचास चिनियाँ युआनभन्दा बढीको आम्दानी कमाउँछु। यी सबै चिनियाँ कम्युनिष्ट पार्टीको कृपा हो। त्यसैले 77 वर्षदेखि यता मेरो अनुभव र बागो सडकको परिवर्तनबारे म पर्यटकहरुलाई सुनाउँछु। जसबाट तिनीहरुले पूरानो र नयाँ तिब्बतको इतिहास थाहा पाउन सकिन्छ। किनकि म परिवर्तन देख्ने व्यक्ति हुँ।"

             81 वर्षका वृद्धा डोर्जे ट्सेटेन तिब्बतको इतिहास देखेका अर्को व्यक्ति हुनुहुन्छ। उहाँ सन् 1959मा तिब्बतबाट छोड्नुभएको थियो। सन् 1999मा उहाँ लासा फर्कनुभयो। सन् 1959मा तिब्बतमा विद्रोह भएको थियो। केही विद्रोहीले उक्साएका कारणले श्री डोर्जे ट्सेटेन भारतमा भागेर चालीस वर्षसम्मको अस्थायी जीवन बिताउनुभएको थियो।

            "त्यस बेला समाज निकै अस्थिर थियो। हान जातिहरु मान्छेलाई खाने आदि बंग्याउने कुरा सुनेर धेरै जना तिब्बतबाट भागेका थिए। तर भारत पुगेर कुलीन परिवारहरुले तयारी गरिसकेको कुरा थाहा पायौं। हामी सामान्य मान्छेहरुसँग केही पनि थिएन। गर्मी मौसम, फरक खाना र भाषा भएकाले जीवन ज्यादै कठिन थियो। हामीले अन्तर्राष्ट्रिय समाजको सहायता सामानबाट बाँचेका थियौं"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह