फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साठी वर्षमा तिब्बतीहरुको जीवन 2

(GMT+08:00) 2012-01-18 15:45:25

             विदेशमा बसेको जीवनबाट तिब्बतीहरुले आफ्नो घरबारको धेरै सम्झना गरे। त्यहाँ उनीहरुले रेडियो तथा पत्रिका लगायत सञ्चार माध्यममार्फत तिब्बत सम्बन्धी सबै खबरको संकलन गरे। सन् 1985मा श्री डोर्जे ट्सेटन आफ्नो परिवार हेर्नका लागि तिब्बत फर्कनुभयो। तिब्बतको दृश्य हेरेर उहाँलाई निकै आश्चर्य लाग्यो।

           " हामी जस्तै पहिले कुलीन परिवारका लागि काम गर्ने मान्छे छैन। हरेकसँग आफ्ना आवास, कार्य र आम्दानी छन्। बालकहरु पढ्छन्। फुर्सदमा मान्छेहरु भेला भएर रक्सी खान्छन्। कति आनन्द रहेछ। मलाई ज्यादै आश्चर्य लाग्छ। आफ्ना आँखाले देखेको कुरा म विश्वास गर्नसक्दिन।"

             गत शताब्दीको असीको दशक अवधिदेखि यता, विदेशमा बसोबास गरेका दुई हजारभन्दा बढी तिब्बतीहरु क्रमशः चीन फर्कंदैआएका छन्। आवास, जमिन र पशु प्राप्त गर्ने आदि क्षेत्रमा सरकारले यिनीहरुका लागि सहुलियत नीतिको तर्जुमा गरेको छ। यिनीहरुमध्ये केही जन काँग्रेसका प्रतिनिधि वा राजनैतिक परामर्शदात्रृ सम्मेलनका सदस्य पनि निर्वाचित भएका छन्।

            "छिङ्ग हाइ-तिब्बत रेलवे सञ्चालन भएको बेलामा चीन सरकारको निमन्त्रणामा हामीले प्रथम रेल चढेर छिङ्ग हाइ पुगेर तिब्बतको परिवर्तन अनुभव गर्‍यौं। पर्वको अवधिमा सरकारले हामीलाई साँत्वना दिएको छ। चीन सरकारजस्तै हाम्रो मनलाई न्यानो पार्ने अरु सरकार छैन। चीन फर्केर मलाई खुसी र गौरव लागेको छ।"

             वृद्धा डोर्जे ट्सेटे भन्नुभएको जस्तै साठी वर्षदेखि यता तिब्बती जनताको जीवनमा टड्कारो सुधार हुँदैआएको छ। यसका साथै उनीहरुको धार्मिक विश्वासको सम्मान तथा त्यसको संरक्षण गरिएको छ।

            तिब्बतका तीन वटा ठूलो गुम्बामध्येको एकको रुपमा सेरा गुम्बामा बुद्धको पुजाआजा गर्न आएका धर्मावलम्बीहरु तथा पर्यटकहरु धेरै छन्। सेरा गुम्बाको व्यवस्थापन समितिका उप-प्रमुख फु पु छेरिङका अनुसार, गत शताव्दीको असीको दशकदेखि चीनको केन्द्रीय सरकार तथा तिब्बत सरकारले सत्तरी करोड चिनियाँ युआन तथा प्रशस्त सुन र चाँदी लगायत सामान छुट्याएर धेरै वटा धार्मिक स्थलको जीर्णोद्धार गरेको छ। सन् 2007मा चीनको केन्द्रीय सरकारले सन्ताउन्न करोड चिनियाँ युआन छुट्याएर सेरा गुम्बा लगायत महत्वपूर्ण पूरातात्विक वस्तु निकायको चौतर्फी रुपमा संरक्षण गरेको छ। जसले चीनको पूरातात्विक वस्तुको संरक्षणको इतिहास सिर्जना गरेको छ।

            हाल तिब्बतको विभिन्न स्तरको सरकारको अनुमोदनमा खुला भएका धार्मिक स्थलहरुको संख्या करिब एक हजार सात सय वटा पुगेका छन् भने गुम्बामा भएका भिक्षु तथा भिक्षुणीहरुको संख्या छयालीस हजार जना भन्दा बढी पुगेका छन्। धर्मावलम्बीहरुका लागि जुनसुकै बेलामा गुम्बामा पूजा-आजा गर्न मिल्छ अथवा आफ्नो इच्छा बमोजिम बौद्धिक गतिबिधि गर्न मिल्छ। सामान्य तिब्बतीहरुका लागि तिब्बत इतिहासमै सबैभन्दा राम्रो अवधिमा रहिरहेको छ र उनीहरुको अझ उज्यालो भविष्य हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह