फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको स्थिर विकास चीनको जातिय नीतिबाट लाभान्वित 1

(GMT+08:00) 2012-02-08 19:37:09

            हाल "तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी वर्षदेखि प्राप्त भएको उपलब्धि विषयक प्रदर्शनी" पेइचिङ्गमा आयोजना भइरहेको छ। यस प्रदर्शनीले फोटो,वास्तविक बस्तु,ऐतिहासिक लेख मल्टिमिडिया लगायत विविध तारिकामार्फत दर्शकसमक्ष साठी वर्षयता तिब्बतको विशाल परिवर्तनको जानकारी दिएको छ। तिब्बती शास्त्री तान जङ्ग लुन चुका अनुसार, वर्तमान तिब्बतमा आर्थिक विकास,नागरिक जीवनको सुधार,समृद्ध साँस्कृतिक अवस्था हजारौं वर्षयता हान जाति र तिब्बती जातिले चीन राष्ट्र स्वीकार गरेको र चीनको केन्द्रीय सरकारले तिब्बतका लागि लागू गरेको न्याय,राष्ट्रिय अवस्थासित अनुकूल रहेको जातीय नीतिबाट लाभान्वित भएको छ।

            सुश्री यु जन तिब्बतको ल्हासा शहरकी एक तिब्बती जातीय केटी हुन्। " तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी वर्षदेखि प्राप्त भएको उपलब्धि विषयक प्रदर्शनी "की एक व्याख्याकर्ताको रुपमा उनी यस वर्षको जुन महिनामा पेइचिङ्गमा आएकी हुन्। आफ्नो यस प्रदर्शनीको अनुभवबारे चर्चा गर्दै उनी भन्छिन्:

           यस प्रदर्शनीबाट वास्तविकता प्रतिबिम्बित भएको छ। हाल तिब्बती कृषक तथा पशुपालकहरुको जीवन स्तरमा धेरै सुधार भएको छ। म मेरो बाल्यकालमा लिन च गएको थिएँ। त्यस बेला केही घरहरू राम्रा थिएन। तर आजकाल सुव्यवस्थित बसोबास कार्यबाट लाभान्वित भएकोले घरहरू निकै सुन्दर छन।

           वास्तवमा सुश्री यु जनबाट थाहा पाइएको अवस्था केवल तिब्बतको अर्थतन्त्र,नागरिक जीवन,साँस्कृतिक विकासको एक सानो प्रमाण हो। प्राप्त तथ्याँकअनुसार, सन 1951मा सारा तिब्बतको कूल गार्हस्थ उत्पादन मात्रा बाह्र करोड नब्बे लाख चिनियाँ युआन मात्र थियो। तथापि सन 2010मा तिब्बतको कूल गार्हस्थ उत्पादन मात्रा पचास अर्ब चौहत्तर करोड साठी लाख चिनियाँ युआन पुगेको छ।

           हाल सारा तिब्बतमा जीवनस्तर कमजोर भएका सबै कृषक र पशुपालकहरू सुव्यवस्थित घरमा सरेका छन्। उनीहरुको ‌‌औसत चोखो आम्दानी चार हजार एक सय अढ्तीस चिनियाँ युआन बराबर छ। निःशुल्क चिकित्सा सेवालाई आधारको रुपमा लिने कृषि तथा पशुपालन क्षेत्रको चिकित्सा प्रणाली सारा तिब्बतका सबै कृषि तथा पशुपालन क्षेत्रहरुमा लागू गरिएको छ। प्रति तिब्बतीको औसत आयु शान्तिपूर्ण मुक्तिअघिको पैंतीस दशमलब पाँच वर्षको उमेरदेखि बढेर सत्सठी वर्षको उमेर पुगेको छ। साथै तिब्बतको परम्परागत संस्कृति र धार्मिक विश्वासको सम्मान र संरक्षण पनि गरिएको छ। वर्तमान तिब्बत इतिहासमै सबैभन्दा उत्तम अवधिमा रहेको कुरा भन्नसकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह