फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको स्थिर विकास चीनको जातिय नीतिबाट लाभान्वित 2

(GMT+08:00) 2012-02-15 19:34:24

             चीनको तिब्बतशास्त्र अनुसन्धान केन्द्र अन्तर्गत समाज तथा अर्थतन्त्र अनुसन्धान कार्यालयका उप-प्रमुख तान जङ्ग लुन चुले बीसभन्दा बढी वर्षसम्म तिब्बती शास्त्रको अनुसन्धान गर्नुभएको छ। उहाँका अनुसार तिब्बतको विशेष ऐतिहासिक पृष्ठभूमि,भौगोलिक स्थिति,सामाजिक प्रणालीमा यस्तो टड्कारो उपलब्धि प्राप्त गर्नुमा निम्न दुइ वटा कारण छन्। एक, हान र तिब्बती जातिले चीन राष्ट्रलाई स्वीकार गरेका छन्। र दुइ, चीनको केन्द्रीय सरकारले तिब्बतका लागि लागू गरेको समान तथा राष्ट्रिय अवस्थासित अनुकूल रहेको जातीय नीति हो।  

             वितेका लामो समयदेखि कूल क्षेत्रीय गार्हस्थ्य उत्पादनलाई एक मात्र मापदण्डको रुपमा लिएको थिएन भने कृषक तथा पशुपालकहरुको वास्तविक जीवनस्तर र गुणस्तरको बृद्धि दरलाई विभिन्न स्तरका सरकारी पदाधिकारीमाथि जाँचबुझ गर्ने तरिकालाई पनि एक मापदण्डको रुपमा लिइएको थियो। तिब्बतका लागि चीनको केन्द्रीय सरकारको सबैभन्दा केन्द्रित आग्रह भनेको त्यहाँका नागरिकहरुको जीवन स्तर,सार्वजनिक सेवाको स्तरलाई माथि उकास्नुका साथै तिब्बती जातिको संस्कृतिको राम्ररी संरक्षण गर्नु नै हो।

            चीनको राष्ट्रिय अवस्था बमोजिम, चीनले जातिय क्षेत्रको स्वशासन, अल्पसंख्यक जातिका कामदारलाई तालिम दिने, अल्पसंख्यक जातिको भाषाको संरक्षण, अल्पसंख्यक जातिको धार्मिक विश्वासको स्वतन्त्रताको संरक्षण लगायत जातिय नीति तर्जुमा गरेको छ। यस नीतिको आधारभूत सिद्धान्त जातिय समानता तथा राष्ट्रिय एकतालाई कायम राख्ने पूर्वाधारमा विभिन्न जाति बीचको सँयुक्त विकास, सँयुक्त सम्पन्न तथा सँयुक्त समृद्धलाई साकार तुल्याउनु हो।

             श्री तान जङ्ग लुन चुले तिब्बती जाति र हान जाति बीचको विवाहलाई एउटा उदाहरणको रुपमा लिएर हान जाति र तिब्बती जाति बीचको समानताबारे बयान गर्नुभएको छ। उहाँका अनुसार, चीन सरकारले लागू गरेको जातिय समानता नीतिले हान जाति र तिब्बती जाति बीचको विवाहमा दुइ वटा परिवर्तन ल्याएको छ। उहाँ भन्नुहुन्छ,

             सन् 1992पछि विशेष गरी सन् 2001पछि तिब्बती जाति र हान जाति बीचको विवाहको संख्या बढ्दै आएको छ। त्यसका अतिरिक्त, तिब्बती केटा र हान जातिका केटी बीचको विवाहको संख्या हान जातिका केटा र तिब्बती जातिकी केटी बीचको विवाहको संख्याभन्दा बढी देखिन्छ। जसबाट आजकाल अल्पसंख्यक जातिका केटाहरुको आम्दानी बढेको तथा उनीहरुको पेशागत इज्जत माथि उठेको कुरा प्रतिबिम्बित भएको छ।

            चीन एक बहु जातीय मुलुक हो। धेरै वर्षयता विभिन्न जातिका जनताहरुले घनिष्ट रुपमा आदान-प्रदान गर्दै आएका छन। प्राचिनकालदेखि यता तिब्बत चीनको एक अविच्छिन्न भूभाग हो। तिब्बतको विकासलाई सहायता पुर्‍याउनका लागि चीनको केन्द्रीय सरकारले धेरै पटक तिब्बती समस्या सम्बन्धी गोष्ठीको आयोजना गर्दै तिब्बतको तीब्र गतिमा विकास गर्न र दीर्घकालीन शान्ति तथा स्थिरताका लागि श्रृंखलाबद्ध रणनीति बनाएको छ। नयाँ ऐतिहासिक धरातलमा उभिएर तिब्बतको भविष्य अझ उज्यालो हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह