फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्यपरिषदका सदस्य ताइ पिङ कोद्वारा लन्डन ओलम्पिक खेलकुदका दौरान चिनियाँ प्रतिनिधि मण्डलसँग भेटघाट

(GMT+08:00) 2012-07-27 09:54:26

            चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र चीनका प्रधानमन्त्री वन च्या पाउको आदेशमा चीन सरकारको प्रतिनिधि एवम् चिनियाँ राज्य परिषदका सदस्य ताइ पिङ कोले जुलाई 26 तारिखका दिन लण्डनमा तीसौं ग्रीष्मकालीन ओलम्पिक अन्तर्गत चीनको खेलकुद प्रतिनिधि मण्डललाई भेट्नुभएको छ ।

           चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ राज्य परिषदको प्रतिनिधित्व गर्दै लण्डन जानुभएका श्री ताइ पिङ कोले चीनका खेलकुद प्रतिनिधि मण्डललाई शुभकामना पनि व्यक्त गर्नुभयो।

           ओलम्पिक खेलकुद हालै विश्वको सबैभन्दा ठूलो र प्रभावशाली वृहत् खेलकुद प्रतियोगिता भएको बताउँदै श्री ताइ पिङ कोले चार वर्ष अघि पैचिंग ओलम्पिक खेलकुदलाई सफलताका साथ आयोजना गरेकोमा अन्तर्राष्ट्रिय समाजले पनि चीनलाई धेरै समर्थन गरेको स्मरण गर्नुभयो ।

          त्यस अवसरमा खेलाडीका प्रतिनिधिले चिनियाँ कम्युनिष्ट पार्टी तथा राज्य परिषदको समर्थन तथा प्रोत्साहनप्रति धन्यबाद व्यक्त गर्नुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह