फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेइचिंगबाट लण्डनसम्म फैलिएको—शान्ति, मित्रता, प्रगतिसम्बन्धी ओलम्पिक भावना

(GMT+08:00) 2012-07-27 18:48:03

          चार वर्ष छिटै बितेको छ । सन् 2012 जुलाई 27 तारिखका दिन 30औं ओलम्पिक खेलकुद समारोह बेलायतको लण्डनमा सुरु हुनेछ । विश्वव्यापी रुपमा हरेक चार वर्षमा एक पटक हुने यो उत्कृष्ट खेलकुद समारोहको प्रतिक्षा गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक परिवारको एक सदस्य एवम् गत खेलकुद समारोहको आयोजकको हैसियतमा चीनले विशेष अनुभूतिका साथ लण्डनलाई यसरी शुभकामना व्यक्त गरेको छ—लण्डन ओलम्पिक खेलकुदले यस क्षेत्रमा अझ बढी चमत्कारको सिर्जना गर्नेछ र साथै ओलम्पिक भावनाको गहिराइलाई व्याख्या गर्नेछ । विभिन्न सँस्कृतिबीचको आदान-प्रदान तथा विभिन्न मुलुकका जनताबीचको वैचारिक आदान-प्रदानका लागि नयाँ प्रयास गर्ने प्रतिक्षा विश्वले गरेको छ।

          वास्तवमा ओलम्पिकको इतिहासमा यो समेत तीनपटक लण्डनले ओलम्पिक खेलकुद समारोहको आयोजना गर्दैछ । सन् 1908 मा लण्डनले विना तयारी पहिलो पटक खेलकुद समारोहको आयोजना गर्ने जिम्मेवारी लिएको थियो । सन् 1948को लण्डन ओलम्पिक खेलकुद दोस्रो विश्व युद्ध भर्खरै सम्पन्न भएर संकट जारी नै रहेको बेलामा आयोजित भयो। त्यसै गरी यस पटकको 30औं लण्डन ओलम्पिक खेलकुदका लागि लण्डनले क्रमशः तयारी गरेको छ ।

          इतिहासको पूर्वावलोकन गर्दा लण्डन ओलम्पिक खेलकुदमा धेरै महत्वपूर्ण घटनाहरु"पहिलोपटक" भएका छन् । उदाहरणका लागि सन् 1908 मा लण्डन ओलम्पिक खेलकुदमा पूरै पाँच महाद्बीपका प्रतिनिधिहरु पहिलोपटक भेला हुनुका साथै ओलम्पिक खेलकुदमा सहभागिता सम्बन्धी मान्यता पहिलोपटक स्थापित गरिएको थियो । सन् 1948 मा लण्डन ओलम्पिक खेलकुदमा एउटै ओलम्पिक खेलकुदमा चार स्वर्ण पदक जितेकी महिला खेलाडी-हल्याण्डकी फान्नी ब्लान्केरस कोयन लगायत धेरै श्रेष्ठ खेलाडी सहभागि भएका थिए । सन् 2012 लण्डन ओलम्पिक खेलकुदमा महिला बक्सीङ्गलाई पहिलो पटक समावेश गरिँदैछ । सबै मुलुक तथा क्षेत्रले पहिलोपटक महिला खेलाडी पठाउने भएका छन्। पहिलोपटक यु ट्युवद्बारा ओलम्पिक खेलकुदको प्रत्यक्ष प्रसारण गरिनेछ । खेलकुदको विकास गर्न महत्वपूर्ण योगदान गरेको लण्डनले विश्वलाई अझ बढी सुखद आश्चर्य देखाउने प्रतिक्षा छ ।

            ओलम्पिक भावनामा "अझ छिटो, अझ अग्लो र अझ बलियो" मात्र होइन "शान्ति, मित्रता र प्रगति" पनि छ। अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भएपनि ओलम्पिक खेलकुदले सधैं नै शान्तिको सिद्धान्तलाई व्यवहारमा उतार्दैआएको छ । सन् 2012 लण्डन ओलम्पिक खेलकुदका लागि संयुक्त राष्ट्रसंघका सबै एक सय 93 सदस्य मुलुकले युद्ध विरामलाई स्वीकार गरेका छन्। इरान र इजरेलका खेलाडीहरुले एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। जसबाट ओलम्पिक खेलकुदको अवसरमा आपसी भिडन्त गरेका मुलुक र क्षेत्रले शत्रुतालाई रोक्ने आशा गर्न सकिन्छ । वर्तमान जटिल अन्तर्राष्ट्रिय राजनैतिक तथा आर्थिक परिस्थितिमा लण्डन ओलम्पिक खेलकुदले अझ बढी मुलुक तथा जनतालाई एकीकृत पारेर विभिन्न सँस्कृतिबीचको आदान-प्रदानलाई बढाउनुका साथै शान्तिको भावना विश्वव्यापी रुपमा फैलाउने प्रतिक्षामा मानिसहरु रहेका छन्।

            गत ओलम्पिक खेलकुदको आयोजकको हैसियतमा चार वर्षअघि पेइचिंगले लण्डनलगायत अन्तर्राष्ट्रिय समाजको सहयोग प्राप्त गरेको थियो । चार वर्षमा चीनले लण्डन ओलम्पिक खेलकुदमा सक्रिय रुपमा संलग्न हुनुका साथै सहयोग पनि गरेको छ। यसपटक चीनले छ सय 21जनाद्बारा गठित प्रतिनिधि मण्डल पठाएको छ। चिनियाँ जनताको मैत्रीपूर्ण दूतको हैसियतमा यिनीहरुले विश्वका लागि चिनियाँ जनताको अझ आत्मविश्वास, खुला, सकारात्मक छाप देखाउनेछन्।

            चार वर्षअघि "पेइचिंगले तपाईंको स्वागत छ" भन्ने वाक्यद्बारा विश्वका लागि चिनियाँ जनताको उत्साह फैलाएको थियो । हाल "पेइचिंगले तपाईंलाई शुभकामना गरेको छ" भन्ने वाक्यबाट लण्डन ओलम्पिक खेलकुदले अझ बढी उत्कृष्टताको सिर्जना गर्ने, ओलम्पिक झण्डामुनि पाँच महाद्बीपका प्रतिनिधिहरुले अथक प्रयासमार्फत अझ राम्रो उपलब्धि हासिल गरेर व्यावहारिक गतिविधिद्बारा "अझ छिटो, अझ अग्लो , अझ बलियो" र "शान्ति, मित्रता, प्रगति"सम्बन्धी ओलम्पिक भावनाको व्याख्या गर्ने चिनियाँ जनताको आशा देखाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह