फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुद लण्डनमा सुरु

(GMT+08:00) 2012-07-28 09:51:26

    विश्वम आकर्षित तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुद स्थानीय समय सत्ताईस तारिख बेलायतको लण्डनमा सुरु भएको छ।

    लण्डन ओलम्पिक खेलकुदको उद्घाटन समारोह असी हजार दर्शक अटाउन सक्ने लण्डन ओलम्पिक मुख्य खेलमैदानमा आयोजना भएको थियो। बेलायती महारानी एलिजावेथ द्वितीय, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक्स रोगे, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन, संयुक्त राष्ट्र संघका महासचिव बान की मुन तथा विश्वका विभिन्न क्षेत्रका नेताहरु र अतिथिहरु उक्त भव्य उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ।

    अन्तर्राष्ट्रिय ओलम्पिक समितिका दुई सय चार सदस्य राष्ट्रले यस पटकको ओलम्पिक खेलकुदमा सहभागी हुन प्रतिनिधि मण्डल पठाएका छन्। अरु चार जना खेलाडी स्वतन्त्र हैसियतमा ओलम्पिक खेलकुदमा सहभागी छन्। झण्डाबाहक एवम् प्रसिद्ध बास्केटबल खेलाडी यि चेन लेनको निर्देशनमा चिनियाँ प्रतिनिधि मण्डलले 42औं प्रतिनिधि मण्डलको रुपमा मार्च पास गरेको छ। चीनले 396 जना खेलाडीलाई 23 वटा प्रतियोगितामा सहभागी हुन पठाएको छ। चीनको राज्य परिषदका सदस्य ताई पिङ कोले चीन सरकारको तर्फबाट उद्घाटन समारोहमा भाग लिनुभयो। उहाँले एक उत्तरदायी मुलुक र एक ठूलो खेलकुद मुलुकको रुपमा चीनले ओलम्पिक महाकार्यमा समर्थन दिने कुरा बताउनुभयो। चीन र विश्वका अरु क्षेत्रका खेलाडीहरुले राम्रो उपलब्धि हासिल गर्ने आशा उहाँले व्यक्त गर्नुभयो।

    अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष रोगेले उद्घाटान समारोहमा सम्बोधन गर्दै भन्नुभयो-ओलम्पिक खेलकुद तेस्रो पटक लण्डनमा औपचारिक रुपमा फर्केको छ। लण्डनले एक शताव्दीपछि ओलम्पिक खेलकुदको फेरि एक पटक आयोजना गरेको रेकर्ड पनि खडा गरेको छ। उहाँले लण्डनप्रति धन्यवाद दिनुभयो। यस विविध र जीवन्त शक्ति रहेको शहरले विश्वलाई लण्डन आउन स्वागत गरेको छ। साथै उहाँले यस पटकको ओलम्पिक खेलकुदका सबै प्रतियोगिताहरुमा महिला खेलाडीको सहभागिता रहेको र यसले लिङ्गीय समानतालाई अगाडि बढाएको कुरा बताउनुभयो।

    अन्तमा बेलायती महारानी एलिजावेथले तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुद औपचारिक रुपमा सुरु भएको कुराको घोषणा गर्नुभयो।

    यस पटकको ओलम्पिक खेलकुद आगामी महिनाको बाह्र तारिख सम्पन्न हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह