फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषदका सदस्य ताई पिङ कोद्वारा सुटिङ प्रतियोगिताको अवलोकन गरिनुका साथै अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष रोगेसँग भेट-घाट

(GMT+08:00) 2012-07-29 18:36:02

    चीन सरकारका प्रतिनिधि एवम् चीनको राज्य परिषदका सदस्य ताई पिङ कोले अठाईस तारिख ओलम्पिक खेलकुदको महिला 10 मीटर एअर राइफल सुटिङको फाइनल प्रतियोगिताको अवलोकन गर्नुभएको छ। चीनका खेलाडी यि स लिङले लण्डन ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदक जितेकी छिन्। श्री ताई पिङ कोले चीनका खेलाडीहरुलाई हार्दिक शुभकामना दिनुका साथै निरन्तर रुपमा प्रयास गर्न र मातृभूमिको इज्जत राख्न प्रोत्साहित गर्नुभएको छ।

    सुटिङ प्रतियोगिताको अवलोकन गर्नुभएको बेलामा श्री ताई पिङ कोले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष रोगेसँग भेट-घाट गर्नुभयो। सो अवसरमा श्री ताईले ओलम्पिकलाई समर्थन दिने, अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग सहयोग गरेर ओलम्पिक भावनालाई प्रचार-प्रसार गर्ने, विश्वको विभिन्न मुलुकका जनताको मित्रतालाई घनिष्ठ पार्ने र विश्वको शान्ति तथा विकासलाई प्रबर्द्धन गर्नका लागि योग्दान दिने मनसाय चीनले लिएको बताउनुभयो।

    यसै गरी श्री रोगेले चीनले ओलम्पिकको सक्रियताका साथ समर्थन दिएको र यसमा संलग्न भएकोमा धन्यवाद दिनुका साथै चीनका खेलाडीहरुले लण्डन ओलम्पिक खेलकुदमा राम्रो उपलब्धि हासिल गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह