फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
सी.आर.आई.द्बारा आयोजित "हाई नान अन्तर्राष्ट्रिय पर्यटन टापू" सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता बारेको पृष्ठभूमि
          प्रिय श्रोता, "हाई नान अन्तर्राष्ट्रिय पर्यटन टापू"सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता सी.आर.आई.द्बारा अक्टुबर 1 तारिखदेखि 2012को नभेम्बर 30तारिखसम्म विश्वभरी आयोजना गरिएको छ। हाल यो ज्ञान विज्ञान प्रतियोगिता हाम्रो नेपाली सेवाको कार्यक्रम र वेबसाइटमा चलिरहेको छ। सबै श्रोतालाई यस ज्ञान विज्ञान प्रतियोगितामा सहभागी हुन हामी हार्दिक स्वागत गर्छों।

          यस ज्ञान विज्ञान प्रतियोगिताका लागि हाम्रो कार्यक्रममा उक्त विषयसंग सम्बन्धित चार वटा लेख प्रसारण गरिनेछ र हरेक लेखको अन्तमा यसै लेखसंग सम्बन्ध हुने दुई वटा प्रश्न प्रस्तुत गरिनेछ। यसका साथसाथै हाम्रो नेपाली सेवाको वेवसाइटमा"हाई नान अन्तर्राष्ट्रिय पर्यटन टापू" सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता बारे विशेष विषय पनि राख्नेछों। तपाईहरु आफ्नो इच्छानुसार नेपाली सेवाको वेबसाइट, इमेल, पत्र तथा फ्याक्समार्फत यस प्रतियोगितामा सहभागी हुन सक्नेछ। यस प्रतियोगितामा सहभागी भइ सही उत्तर मिलाउने दश जनालाई विशेष पुरष्कार दिइनेछ। यसका साथै प्रथम, द्बितीय र तृतीय पुरष्कार पनि दिइनेछ। दश जना विशेष पुरष्कार विजेताहरुले निशुल्क रुपमा चीनको भ्रमण गर्ने मोका पाउनेछ।

           यस ज्ञान विज्ञान प्रतियोगितामा तपाईहरु सफल होस हाम्रो कामना छ।

Webradio
सम्वाद संग्रह