फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि चिन फिङ्ग चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको महासचिव पदमा निर्वाचित

(GMT+08:00) 2012-11-15 12:33:25

            चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको पहिलो पूर्ण सम्मेलनबाट आज बिहान श्री सि चिन फिङ्ग केन्द्रिय समितिको महासचिव पदमा निर्वाचित हुनुभएको छ। यसका साथै श्री सि चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छि शान र चाङ्ग काउ ली केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्यमा निर्वाचित हुनु भएका छन्।

           चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको पहिलो पूर्ण सम्मेलनबाट श्री सि चिन फिङ्ग केन्द्रिय सैन्य समितिको अध्यक्ष तथा श्री फान छाङ्ग लुङ्ग र स्यू छि ल्याङ्गलाई केन्द्रिय सैन्य समितिका उपाध्यक्षको पद सम्हाल्ने कुरा पनि निश्चित भएको छ।

           चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको पहिलो पूर्ण सम्मेलनअन्तर्गतको केन्द्रिय अनुशासन समितिको पहिलो पूर्ण सम्मेलनद्बारा निर्वाचित सचिव, उप-सचिव र स्थायी समितिका सदस्यको नामावली पनि अनुमोदन गरिएको छ। साथै श्री वाङ्ग छि शानलाई केन्द्रिय अनुशासन समितिको सचिव पदमा नियुक्त गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह