फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि चिन फिङ्ग लगायत चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत राजनैतिक ब्यूरोका नव स्थायी सदस्यहरूको पत्रकार सम्मेलन

(GMT+08:00) 2012-11-15 14:51:34

        चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रिय समितिको पहिलो पूर्ण बैठकमा महासचिवको पदमा भर्खरै निर्वाचित हुनुभएका सि चिन फिङ्ग तथा केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य , ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छि शान र चाङ्ग काउ लीले पन्ध्र तारिख विहान जन बृहत सभा भवनमा चिनियाँ तथा विदेशी पत्रकारसित भेट गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सि चिन फिङ्गले चिनियाँ कम्युनिष्ट पार्टीका सारा सदस्यको विश्वास तथा विभिन्न जातिय जनताको अपेक्षाअनुसार राम्ररी काम गर्नका लागि ठूलो प्रोत्साहन दिएको बताउंदै सो महत्वपूर्ण जिम्मेवारी भएको व्यक्त गर्नुभएको छ।

         श्री सि चिन फिङ्गले चीनले विश्वभरिको जानकारी धेरै लिन चाहेको र त्यसैगरी विश्वले पनि चीन बारे धेरै जानकारी लिन चाहेको बताउंदै पत्रकारहरूलाई चीन र विश्वका विभिन्न मुलुक बीचको पारस्परिक जानकारी बढाउनका लागि अझ बढी प्रयास तथा योग्दान दिन आग्रह गर्नुको साथै यस्तो आशा राखेको पनि श्री सिले बताउनुभएको छ।

           पाँचवटा महादेशका 42 वटा मुलुकका 180वटा भन्दा बढी सँचारमाध्यमका लगभग 250 जना विदेशी पत्रकार, हङ्गकङ्ग, मकाउ तथा थाइवानका 70 वटाभन्दा बढी सँचारमाध्यमका मोटामोटी 100 जना पत्रकार र चीनको मुख्य भूमिको 60वटा भन्दा बढी सँचारमाध्यमका पत्रकार सो ऐतिहासिक सम्मेलनमा भेला भएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह