फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र पाकिस्तानका सर्वसाधारणबाट चीनका नयाँ नेतागणप्रति ध्यानाकर्षण

(GMT+08:00) 2012-11-15 18:40:12

           चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका नयाँ स्थानीय सदस्यहरुले पन्ध्र तारिख विहान जनबृहत् सभा भवनमा चिनियाँ तथा विदेशी पत्रकारसित भेटघाट गर्नुभएको छ। भारत र पाकिस्तानका श्रोताहरुले सि.आर.आइद्बारा प्रत्यक्ष प्रसारण सुनेर आआफ्नो धारणा व्यक्त गरेका छन्।

           भारतीय टाटा समूहमा काम गर्ने उच्च तहका इन्जिनियर श्रीभगवान् शर्माले आफ्नो इ-मेलमा नयाँ नेतागणको नेतृत्वमा चीन र भारतको द्बिपक्षीय सम्बन्धको अझ राम्रो विकास गर्ने आशा गरेको कुरा व्यक्त गर्नुभएको छ।

          नयाँ दिल्ली श्रोता क्लबका अध्यक्ष अखिल पराशरले वेवसाइटमा चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन सफलताका साथ पूरा भएको र नयाँ स्थानीय सदस्यको चयन गरेकोमा हार्दिक शुभकामना व्यक्त गरेको कुरा लेख्नुभएको छ। भविष्यमा अर्थतन्त्रको स्थिर तथा स्वस्थ विकास, स्वतन्त्रता तथा जन जीवनको सुधार आदि क्षेत्रमा चीनले अझ भव्य उपलब्धि हासिल गर्ने प्रतिक्षामा रहेको उहाँले बताउनुभएको छ।

            केही दिनयता आफूले चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनमा ध्यान दिइरहेको कुरा पाकिस्तानी श्रोता अमिर जमीलले इ-मेलमा लेख्नुभएको छ। नयाँ पुस्ताका नेतागणको नेतृत्वमा भविष्यमा चीनको अर्थतन्त्रले दिगो र स्वस्थ विकासलाई कायम राख्नुका साथै जनताको जीवनस्तर नयाँ उचाइमा पुर्‍याउने विश्वास उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह