फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष आदी नेतागण अठारौं महाधिवेशनमा उपस्थित प्रतिनिधिसँग भेट

(GMT+08:00) 2012-11-16 19:31:57

         चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउ,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका नव निर्वाचित महासचिव तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत सैनिक व्युरोका अध्यक्ष सि चिन फिङ्ग,सत्रौं चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका अन्य स्थायी सदस्य उ पा को,वन च्या पाउ,च्या छिङ्ग लिन,लि छाङ्ग छुन,ह गो छ्याङ्ग,चौ युङ्ग काङ्ग,अठारौं चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्युरोका अन्य स्थायी सदस्य ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छि शान र चाङ्ग काउ लीले हिजो पन्ध्र तारिख दिउँसो जन बृहत सभाभवनमा अठारौं महाधिवेशनमा उपस्थित प्रतिनिधिसँग भेट गर्नुभएको छ।

          यस भेटमा श्री हु चिन थाउले महत्वपूर्ण भाषण गर्नुभएको छ। उहाँका अनुसार अठारौं महाधिवेशनका सारा प्रतिनिधिको संयुक्त प्रयासमा यस महाधिवेशन सफलताका साथ सम्पन्न भएको छ। अठारौं महाधिवेशनको भावनालाई राम्ररी सिक्नु वर्तमान प्रथम राजनैतिक कार्यभार हो। साथै सारा पार्टी,सारा सेना र सारा देशका विभिन्न जातिका जनताले महासचिव सि चिन फिङ्ग लगायत केन्द्रीय नेतागणको नेतृत्वमा चिनियाँ विशेषतायुक्त सामाजवाद बाटोमा लाग्दै जाने आशा उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह