फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा अन्तर्राष्ट्रिय समाजप्रति धन्यवाद

(GMT+08:00) 2013-04-22 19:42:32

          बाइस तारिखका दिन पैचिङ्गमा चीनका लागि पाकिस्तानका नयाँ राजदूतलगायत नौ वटा मुलुकका नयाँ राजदूतले चीनका राष्ट्राध्यक्षसमक्ष ओहदाको प्रमाण पत्र पेश गर्नुभएको छ। यस अवधिमा राष्ट्राध्यक्ष सी चिन फिङ्गले विदेशी राजदूतले चीन तथा सम्बन्धित मुलुकबीचको द्बिपक्षीय सम्बन्धको विकासलाई प्रबर्द्धनमा योगदान गर्ने आशा व्यक्त गर्नुभएको छ।

          राष्ट्राध्यक्ष सीले अगाडि भन्नुभयोः अन्तर्राष्ट्रिय समाजले विभिन्न तरीकामार्फत् चीन सरकार तथा चिनियाँ जनताप्रति सान्त्वना र समर्थन गरेबाट आपसी मित्रता देखाइएको छ। राष्ट्राध्यक्ष सीले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट विभिन्न देशको सरकार तथा जनता र अन्तर्राष्ट्रिय समाजप्रति धन्यवाद पनि ज्ञापन गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारको सही नेतृत्व र अन्तर्राष्ट्रिय समाजको बलियो समर्थनमा सारा चिनियाँ जनताले एक भएर प्राकृतिक प्रकोपलाई टारेर सुन्दर घर पुनःस्थापना गर्ने विश्वास पनि राष्ट्राध्यक्ष सीले गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह