फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छवान लु शानमा गएको भूकम्पमा 192 जनाको मृत्यु

(GMT+08:00) 2013-04-23 12:25:09

           अप्रिल बाइस तारिख बेलुकी छ बजेसम्म अप्रिल बीसमा चीनको स छवानको लु शानमा गएको 7.0 रेक्टर स्केलको ठूलो भूकम्पमा परी 192 जनाको मृत्यु भएको छ साथै 11,470 जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइतेहरुको संख्या 968 पुगेको छ।

           चीनका राष्ट्राध्यक्ष सि चिन फिङले बाइस तारिखका दिन पैचिङमा पाकिस्तान, फिलिपिन्स लगायत नौ मुलुकका नव राजदूतको ओहोदाको प्रमाण पत्र स्विकार गर्नुभएको छ। सो अवसरमा उहाँले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट अन्तर्राष्ट्रिय समाजले चीनमा गएको भूकम्पप्रति सान्त्वना व्यक्त गरेको तथा समर्थन दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

           हिजै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले पनि अन्तर्राष्ट्रिय समाजले दिएको समर्थनप्रति धन्यवाद व्यक्त गर्दै उद्धार सामग्री यथेष्ठ भएको तथा भूकम्पग्रस्त क्षेत्र जान निकै असुविधा भएकोले हाललाई अन्तर्राष्ट्रिय सहयोग नचाहिने बताउनुभयो।

           स छवान प्रान्तीय नागरिक मामिला विभागका उप प्रमुख छन खफुले भूकम्पबाट प्रभावितहरुलाई चाहिने दैनिक सामग्रीको राम्रो प्रत्याभूति भएको जानकारी दिनुभयो।

           आज अप्रिल 23तारिख विहान छ बजेसम्म लु शानमा भूकम्प गएपछि जम्मा गरी 3244 पटक कम्पन गएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह