फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौँ पञ्चेनद्वारा लु शान भूकम्पपीडितका लागि प्रार्थना समारोहको आयोजना

(GMT+08:00) 2013-04-23 13:31:24

         आज तेइस तारिख विहान चीनको बौद्ध धर्म समितिका उप-प्रमुख एघारौँ पञ्चेन अरदनि छ्यो चि च्ये बुले पेइचिङ स्थित लामा मन्दिरमा स छ्वानको लु शानमा गएको भूकम्पबाट पीडित तथा प्रभावित भएकाहरूका लागि प्रार्थना समारोहको आयोजना गर्नुभएको छ।

         प्रार्थना समारोह तिब्बती बौद्ध धर्मको गेलुक सम्प्रदायको सबैभन्दा महत्वपूर्ण बौद्ध कार्यक्रममध्येको एक हो। श्लोक वाचन गरेर प्रकोप हटाउन तथा शान्तिपूर्ण विश्वको प्रार्थना गर्ने उक्त कार्यक्रमको मुख्य विषय रहेको छ।

         स छ्वान प्रान्तको लु शानमा " अप्रिल 20"तारिख 7 रेक्टर स्केलको ठूलो भूकम्प गएपछि चीनको बौद्ध धर्म समितिले प्रकोप क्षेत्रलाई रकम र सामग्री दान गरी पीडितलाई सहयोग गर्नका लागि चीनभरि कै बौद्ध धर्म क्षेत्रसमक्ष आह्वान गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह