फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा गएको भूकम्पको क्षतिप्रति नेपाल चीन मैत्री संस्थाहरुले दु:ख व्यक्त गरेका छन्

(GMT+08:00) 2013-04-25 19:46:07

          चीनको सछवान प्रान्तको लु शान जिल्लामा भूकम्पबाट भएको क्षतिप्रति नेपाल चीन मैत्री संस्थाहरुले गहिरो दु:ख व्यक्त गरेका छन् । चीनको मध्य दक्षिण पश्चिम भागमा पर्ने सछवान प्रान्तको लुशान जिल्लामा गत शनिबार बिहान 7 रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट एक सय 96 जनाको मृत्यु भएको छ भने 21 जना अझै हराइ रहेका छन् । साथै 11 हजार चार सय सत्तरीजना घाइते भएका छन् ।

          सी.आर.आई.सँग कुरा गर्दै नेपाल चीन युवा मैत्री संघका अध्यक्ष प्रकाशबाबु पौडेलले चिनियाँ जनताले भोगेको प्राकृतिक प्रकोप र त्यसबाट भएको जनधनको क्षतिप्रति समस्त नेपाली युवाहरुको तफबाट गहिरो दु:ख व्यक्त गर्नु भएको छ । उहाँले विपतको घडीमा पनि चीन सरकार र चिनियाँ जनताले गरेको तीब्र उद्दार कार्यको प्रशंसा गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

          त्यसैगरी नेपाल चीन सांस्कृतिक तथा शैक्षिक प्रतिष्ठानका अध्यक्ष डा. हरिश्चन्द्र शाहले नेपालको छिमेकी मित्रराष्ट्र चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकका आफन्त परिवारजनप्रति समवेदन व्यक्त गर्नु भएको छ ।

           चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले चीनमा गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति आफ्नो संस्थाको तफबाट दु:ख व्यक्त गर्दै त्यहाँको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन चीन सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह