फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्धार कार्य जारी राहनुपर्छ: लि ख छ्याङ

(GMT+08:00) 2013-04-25 18:40:07

           स छ्वान प्रान्तको "अप्रिल 20" 7.0 रेक्टर स्केलको ठूलो भूकम्पको उद्धार कार्य आज पच्चीस तारिख छैठौँ दिनमा पनि जारी छ। चीनका प्रधानमन्त्री लि ख छ्याङले हिजो चौबीस तारिखका दिन राज्य परिषदको स्थायी सम्मेलनको अध्यक्षता गरेर सि छ्वान लु शान भूकम्पको उद्धार कार्य राम्रोसँग जारी रही क्षतिलाई न्यून पार्ने कुराको व्यवस्था गर्नुभयो। साथै हराइरहेका सर्वसाधारणलाई वैज्ञानिक रुपमा गरिने खोजी जारी राख्न पनि सम्मेलनले आग्रह गरेको थियो।

            चौबीस तारिख दिउँसो दुई बजेसम्म स छ्वान प्रान्तले पटक पटक गरी तेइस हजार नौ सय 59 जनालाई उद्धार गरेको थियो। साथै स छ्वान प्रान्त सरकारले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार, लु शान भूकम्पबाट या आन शहरमा जम्मा गरी तीन सय पच्पन्न विद्यालय ध्यस्त भएका छन्। हाल केही विद्यालयको पढाइ क्रम स्वक्षेत्र वा अर्कै क्षेत्रमा पुनःसुरु भएका छन् भने आगामी सत्ताइस तारिख पूरै पुनःसुरु हुनेछ। साथैस छ्वान शिक्षा विभागले केही दियता चीनका विभिन्न क्षेत्रका विभिन्न पक्षले पनि उद्धार गर्न भाग लिएको छ। हालसम्म चीनको रेडक्रसले भूकम्प प्रकोप क्षेत्रलाई दुई करोड त्रीयानब्बे लाख 37 हजार चार सय 39 चिनियाँ युआन रकम तथा सामग्री प्रदान गरेको छ।

            चीनको भूकम्प ब्यूरोको वेभसाइटका अनुसार, चौबीस तारिख दिउँसो दुई बजेर तीस मिनेटसम्म लु शान भूकम्पबाट एक सय छयानब्बे जनाको मृत्यु हुनुका साथै एघार हजार चार सय सत्तरी जना घाइते भएका छन्। साथै पच्चीस तारिख दिउँसो चार बजेसम्म जम्मा चार हजार छ सय 87 पटक स-साना कम्पन भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह