फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु शान भूकम्प प्रकोप क्षेत्रको जनजीवन सामान्य हुँदै

(GMT+08:00) 2013-04-26 10:51:16

       स छ्वान प्रान्तको लु शानमा "अप्रिल 20" 7.0 रेक्टर स्केलको ठूलो भूकम्पको उद्धार कार्य आज छब्बीस तारिख सातौँ दिन पनि जारी छ। हराइरहेका मानिसको खोजी कार्य जारी रहेको छ र स्वास्थ्य तथा महामारी प्रतिरोध सबभन्दा मुख्य विषय बनेको छ। साथै सर्वसाधारणको जीवन क्रमशः सामान्य हुँदैजाँदैछ। हाल प्रकोप क्षेत्रमा ठूलो संक्रमण रोग र आकस्मिक सार्वजनिक स्वास्थ्य समस्या देखिएको छैन।

       गत पच्चीस तारिख आयोजित पत्रकार सम्मेलनमा स छ्वान प्रान्तका उप-प्रमुख चुङ म्यानले हराइएका मानिसको खोजी कार्य र घाइतेहरुको बचाउको काम आगामी चरणको महत्वपूर्ण कार्य रहेको कुरा उल्लेख गर्नुभयो। चीनको नागरिक मामिला मन्त्रालयको उद्धार विभागका प्रमुख फाङ छन मिनले सरकार, सर्वसाधारण, समाजलगायत बहु-तहको पर्यवेक्षण गरी भूकम्प उद्धारको लागि दान-सहयोग रकम तथा सामग्रीलाई उचित रुपमा प्रयोग गरिने कुरा व्यक्त गर्नुभयो।

       हाल स छ्वान या आनको भूकम्पबाट देखिएको खानेपानीको समस्यामा परेका बासिन्दामध्येका साठी प्रतिशतका समस्याको समाधान भएको छ। साथै सक्रिय उपचार गरी घाइतेहरु पनि निको हुँदैछन्। राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समितिका अनुसार, पच्चीस तारिखको बाह्र बजेसम्म जम्मा गरी छ हजार तीन सय बीस जनालाई उपचार गरिएको थियो भने चार हजार सात सय 38 जना स्वस्थ भएका थिए।

       चौबीस तारिख दिउँसो छ बजेसम्म स छ्वानको लु शान भूकम्पबाट एक सय छयानब्बेको मृत्यु भएको छ भने एकाइस जना बेपत्ता छन्। तेह्र हजार चार सय 84 जना घाइते भएका थिए। तीमध्ये नौ सय पन्चानब्बे जना गम्भीर घाइते भएका थिए भने स छ्वान प्रान्तभरि बीस लाख जनाभन्दा बढी प्रकोपमा परेका थिए। साथै पच्चीस तारिख अपरान्ह चार बजेसम्म जम्मा चार हजार छ सयवटा 87 वटा स-साना कम्पन भएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह