फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्प उद्धार गर्ने चिनियाँ सेनाको स्तरमा धेरै वृद्धि

(GMT+08:00) 2013-04-26 19:00:27

         चीनको रक्षा मन्त्रालयका प्रवक्ता याङ यु च्युनले चीनको सेनाले तेह्र हजार सैनिकलाई पठाएर स छ्वान लु शान भूकम्पको उद्धार कार्यमा भाग लिएको छ र उद्धार गर्न वैज्ञनिक रुपमा सेना प्रयोग गर्ने स्तर, पेशागत स्तर र सूचनाकरणको स्तर स्पष्ट रुपमा वृद्धि भएको कुरा बताउनुभयो। यसबाहेक "चीन र भारतका सेनाबीच सैन्य विरोध"सम्बन्धी रिपोर्टबारे चर्चा गर्दै उहाँले उक्त रिपोर्ट र वास्तविकताबीच मिल्दैन र चीन तथा भारतको सीमा रक्षा विभागबीच सामान्य सम्पर्क भइरहेको कुरा व्यक्त गर्नुभयो। हिजो पेइचिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त अवस्था जानकारी दिनुभएको थियो। अब सुनौँ यससम्बन्धी विस्तृत विवरण

         स छ्वान प्रान्तको लु शान "अप्रिल 20 " ठूलो भूकम्प गएपछि चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरीले तुरुन्तै उद्धार कार्यमा भाग लिएका छन्। गत चौबीस तारिख बेलुकी सात बजेसम्म जनमुक्ति सेना र सशस्त्र प्रहरीले जम्मा गरी तेह्र हजार जनाभन्दा बढीलाई पठाएर लु शान र पाउ सिङ जिल्लाका अठार वटा गाउँमा उद्धार गरेको छ। प्रकोप क्षेत्रमा सेनाको उद्धार सबै ढाकेको छ।

         श्री याङ यु च्युनका अनुसार, प्रकोप क्षेत्रमा घाँटी र नदीको भौगोलिक अवस्थाबमोजिम चीनको सेनाले सम्बन्धित सेना पठाएको छ। उद्धारको अवस्थाबाट हेर्दा सेनाले वैज्ञानिक रुपमा सेना प्रयोग गर्ने स्तर, पेशागत स्तर, सूचनाकरण स्तर सबै स्पष्ट रुपमा वृद्धि भएको छ र त्यसबाट उद्धारको प्रभावकारिता पनि धेरै माथि उकासिएको छ। साथै भूकम्प जाँदा प्रकोप क्षेत्रस्थित सैन्य प्रबन्धमध्ये केही घरको पर्खालको बाहिरी भाग चर्किएको बाहेक अन्य गम्भीर विध्वंशको अवस्था देखिएको छैन।

         हाल भारतीय सञ्चारमाध्यमले "चीन-भारत सेनाबीच सीमा क्षेत्रमा विरोध"बारे रिपोर्ट गरेको छ। दुईवटा चिनियाँ सैनिक हेलिकोप्टर "भारतीय वायुक्षेत्र"मा प्रवेश भएको खबर पनि रिपोर्ट गरिएको छ। चीनको रक्षा मन्त्रालयका प्रवक्ता याङ यु च्युनले उक्त रिपोर्ट र तथ्यबीच मेल नखाएको कुरा व्यक्त गर्नुभयो।

         उक्त रिपोर्टमा तथाकथित चीनको सीमा रक्षक सेना र सैनिक विमान, हेलिकोप्टर चीन-भारत सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखामाथि पार भएको रिपोर्ट र तथ्यबीच मेल खाँदैन। हाल चीन-भारत सीमा रक्षक सेनाले वर्तमान प्रणालीमार्फत सम्पर्क राखिरहेका छन्। चीन सीमा रक्षा सेनाले दुई सरकारबीच सम्पन्न सम्बन्धित नियमको कडा पालना गरी चीन-भारत सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्न कोशिस गरिरहेको छ।

         त्याउ यु टापुसम्बन्धी विषयबारे चर्चा गर्दै श्री याङ यु च्युनले त्यससम्बन्धी चीनको कडा अडानमा फेरि जोड दिनुभयो। उहाँले जापानले सबै उत्तेजक गतिबिधि रोकेर सम्बन्धित समस्याको समाधान गर्न कदम बढाउनुपर्ने कुरा व्यक्त गर्नुभयो। चीन सरकारले सार्वजनिक गरेको नयाँ रक्षा श्वेतपत्रमाथि जापानले उठाएको विरोधको गतिबिधिबारे चर्चा गर्दै श्री याङ युले चीनले जापानको भनाइलाई कडा रुपमा अस्वीकार गरेको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह