फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान प्रान्तमा अप्रिल 27 तारिखका दिन नै शोकको घोषणा

(GMT+08:00) 2013-04-26 19:44:47

        स छ्वान प्रान्तको लु शानमा "अप्रिल 20" 7.0 रेक्टर स्केलको ठूलो भूकम्पको उद्धार कार्य आज छब्बीस तारिख सातौँ दिन पनि जारी छ। हराइरहेका मानिसको खोजी कार्य जारी रहेको छ र स्वास्थ्य तथा महामारी प्रतिरोध सबभन्दा मुख्य विषय बनेको छ। साथै सर्वसाधारणको जीवन क्रमशः सामान्य हुँदै गएको छ। हाल प्रकोप क्षेत्रमा ठूलो संक्रमण रोग र आकस्मिक सार्वजनिक स्वास्थ्य समस्या देखिएको छैन। भूकम्पमा मृतकप्रति शोक प्रकट गर्नका लागि सछ्वान सरकारले अप्रिल 27 तारिखका दिन नै समस्त प्रान्तमा शोकको घोषणा गरेको छ। सोही दिन स छ्वान प्रान्तले सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रममा रोक लगाएको छ। विहान ठीक आठ बजे दुई मिनेटदेखि पाँच मिनेटसम्म समस्त प्रान्तवासीले शोक प्रकट गर्नको लागि मौनधारण गर्नुका साथै कार र जहाजले हर्न बजाउने तथा वायु रक्षकले साइरन बजाउने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह