अप्रिल सत्ताइस तारिख विहान चीनको स छ्वान प्रान्तको लु शान जिल्लामा "अप्रिल 20" तारिखका दिन गएको 7 रेक्टर स्केलको विनाशकारी भूकम्पमा मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत स छ्वान प्रान्त समिति, स छ्वान प्रान्त सरकार, केन्द्रिय सैन्य आयोगअन्तर्गत छङ तु शाखाका जिम्मेवार व्यक्ति, प्रकोप क्षेत्रका सर्वसाधारण र जनमुक्ति सेना, सशस्त्र प्रहरी, लोक-सुरक्षा प्रहरी, चिकित्सा तथा स्वास्थ्य सिस्टमका उद्धारकर्ताहरु, स्वयंसेवक लगायत विभिन्न क्षेत्रका लगभग एक सय चालीसभन्दा बढी व्यक्तिले उक्त शोकसभामा भाग लिएका थिए।
विहान आठ बजेर दुई मिनेट जाँदा वायु-साइरन बजाएर सम्वेदना कार्यक्रम सुरु भएको थियो। तीन मिनेटको मौन धारणपछि सहभागीहरुले बेग्ला बेग्लै गरी भूकम्पमा मृत्यु भएकालाई सेतो पुष्प गुच्छा अर्पण गरी समवेदना प्रकट गरेका थिए। पत्रकारसँग कुराकानी गर्दै उद्धारकर्ताहरुले निरन्तर उद्धार र सहयोग दिएर स्थानीय बासिन्दासँग या आन शहरको पुनःनिर्माण गर्ने कुरा व्यक्त गरेका छन्। साथै प्रकोपग्रस्त क्षेत्रका बासिन्दाले समाजका विभिन्न पक्षको सहयोगमा सकेसम्म प्रयास गरी घरको पुनःनिर्माण गर्ने कुरा बताए।