फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौं चिनियाँ पैचिङ्ग अन्तर्राष्ट्रिय पुष्पकला एक्स्पो शुरु

(GMT+08:00) 2013-05-18 19:08:38

           नवौं चिनियाँ पैचिङ्ग अन्तर्राष्ट्रिय पुष्पकलाको उद्धाटन समारोह अठार तारिख बिहान पैचिङ्गको फङ्ग थाइ प्रिफेक्चरको योङ्ग तिङ्ग नदीको किनारमा अवस्थित पुष्पकला उद्यानमा आयोजना गरिएको छ। जम्मा चौरानब्बेवटा स्वदेशी बागवानी उद्यान र चौंतीसवटा विदेशी उद्यानसहित त्यस एक्स्पो आगामी नोभेम्बर अठार तारिखसम्म आयोजना हुनेछ।

           चीनको अन्तर्राष्ट्रिय पुष्पकला एक्स्पो घर-जग्गा निर्माण मन्त्रालय र स्थानीय सरकारले संयुक्त रुपमा आयोजना गर्ने देशभित्रको सर्वोच्च अन्तर्राष्ट्रिय बागवानी समारोह हो। यो प्रत्येक दुई वर्षमा एक पटक आयोजना गरिन्छ। यस एक्स्पोको मुख्य विषय "हरित सिम्फोनी भव्य बगैँचा "भन्ने रहेको छ भने "बागवानी शहर र रमणीय घरबार"भन्ने त्यसको मुख्य नारा रहेको छ। त्यस एक्स्पोबाट "मेलमिलाप, सिर्जनशिलता र पर्यावरण" भन्ने विचार प्रष्ट गरिनुका साथै पैचिङ्गलाई बस्नका लागि उपयुक्त शहरको निर्माण गर्न र साँस्कृतिक सिर्जनशील व्यवसायको विकास गर्नका लागि नयाँ अवसर पनि प्रदान गर्नसकिनेछ।

          प्राप्त जानकारीअनुसार, एक्स्पोमा सहभागी चौंतीसवटा अन्तर्राष्ट्रिय उद्यान उनन्तीसवटा मुलुकका सैंतीसवटा शहर तथा संस्थाले निर्माण गरेका हुन्। त्यसबाट अन्तर्राष्ट्रिय साँस्कृतिक आदान-प्रदान तथा सहयोग स्पष्टसँग प्रतिबिम्बित गरिएको छ। उत्तर कोरियाली फूल प्रदर्शनी समितिको वैदेशिक ब्यूरोका प्रमुख ह सि कोले यस एक्स्पोबाट अझ बढी चिनियाँलाई उत्तर कोरियाली सँस्कृतिबारे ज्ञान प्राप्त गराउनसकिने आशा व्यक्त गर्नुभयो।

          पैचिङ्ग शहरका मेयर एवम् नवौं पुष्पकला एक्स्पोको संयोजन समितिका अध्यक्ष वाङ्ग आन शुनका अनुसार, पर्यावरणीय सभ्यताको निर्माणलाई सबल पार्नु नै चीन सरकारको लामो समययता समर्थन दिंदैआएको कार्यनीति हो। यस एक्स्पोबाट हरित कम कार्बन र वैज्ञानिक विकास भन्ने विचारलाई गहिर्‍याउनका लागि सघाउ पुग्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह