फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सि चिंग फिंगद्बारा कजाकिस्तानका राष्ट्रपति नर्सुल्तान नजरबाटेभसँग भेट-वार्ता

(GMT+08:00) 2013-09-09 09:12:41

        कजाकिस्तानको भ्रमण रहनुभएका चीनका राष्ट्राध्यक्ष सि चिंग फिंगले हिजो आठ तारिख कजाकिस्तानका राष्ट्रपति नर्सुल्तान नजरबाटेभसँग कजाकिस्तानको सबैभन्दा ठोलो शहर अलमान्टीको भ्रमण गर्नुभएको छ।

        भ्रमणको अवसरमा राष्ट्राध्यक्ष सिले चीनको आर्थिक विकासको अवस्थाबारे जानकारी दिनुभएको थियो। राष्ट्राध्यक्ष सिले हालै चीनको आर्थिक विकासको परिस्थिति राम्रो देखिएको भन्दै चीनले आर्थिक प्रणालीलाई परिवर्तन गरिरहने, आर्थिक विकासको गुणस्तरलाई बढाउने कुरा बताउनुभएको छ।

         कजाकिस्तानका राष्ट्रपति नर्सुल्ताले चिनियाँ कम्युनिष्ट पार्टिको नेतृत्वमा चीनले आफ्नो उद्देष्यलाई साकार बनाउन सकेको बताउनुभये। कजाकिस्तानले चीनसँग विभिन्न क्षेत्रमा सहयोगलाई सवल पार्ने इच्छा राखेको पनि उहाँले बताउनुभएको छ।

         राष्ट्राध्यक्ष सिको कजाकिस्तानको भ्रमणबाट दुवै मुलुकले धेरै सफलता प्राप्त गरेको दुवै पक्षले स्वीकार गरेका छन्। दुवै मुलुकका नेताले क्रमबद्ध महत्वपूर्ण सम्झौदामा हस्ताक्षर पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह