फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र उज्वेकिस्तानका राष्ट्रपतिबीच वार्ता

(GMT+08:00) 2013-09-09 18:51:44

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नौ तारिख टाशकेन्टमा उज्वेकिस्तानका राष्ट्रपति अब्दुगानियेभिच कारिमोभसँग भेट-वार्ता गर्नुभएको छ। दुवै देशका नेताले चीन-उज्वेकिस्तान सम्बन्ध तथा साझा अभिरुचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहिरो रुपमा वैचारिक आदान-प्रदान गरी दुई देशबीच रणनीतिक साझेदारी सम्बन्धको विकासमा सहमत हुनुभएको छ।

       सो अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले चीन र उज्वेकिस्तान महत्वपूर्ण रणनीतिक साझेदारी बनेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिको नयाँ परिवर्तन तथा दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

        प्रत्युत्तरमा उज्वेकिस्तानका राष्ट्रपति कारिमोभले चीन र उज्वेकिस्तानले आपसमा सम्मान तथा समर्थन आदानप्रदान गरेको र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको कुरा व्यक्त गर्नुभयो। राष्ट्रपति सीले यो भ्रमणबाट चिनियाँ जनताप्रति उज्वेकिस्तान जनताको मित्रतामा अझै प्रगाढता आउने आशा आफूले लिएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

        वार्तापछि दुवै नेताले "रणनीतिक साझेदारी सम्बन्धलाई अझ विकास तथा गहन पार्ने चीन-उज्वेकिस्तान संयुक्त घोषणा-पत्र " र "चीन-उज्वेकिस्तान मैत्रीपूर्ण सहयोगी सन्धि"मा हस्ताक्षर गर्नुभएको छ। दुवै नेताको उपस्थितिमा आर्थिक तथा व्यापारिक, ऊर्जा स्रोत, लगानी, चिनियाँ भाषा शिक्षा आदि धेरै सहयोगी पत्रमा समेत दुई पक्षीय हस्ताक्षर भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह