फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गद्वारा राज्य परिषद कार्यकारी बैठकको अध्यक्षता

(GMT+08:00) 2013-10-21 09:45:47

           चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले गत 18 तारिखमा राज्य परिषद कार्यकारी बैठकको अध्यक्षता गर्नुभयो। सो बैठकमा बिगत छ महिनामा राज्य परिषदले गरेको सुधारलाई अझै बढाउने तथा बनौटको समान्वय गर्ने कदमको व्यवहारमा उतारेको प्रतिवेदन प्रस्तुत भएको थियो। उहाँले अर्थतन्त्रलाई स्थिर गतिमा विकास गर्दै सुदृढ बनाउन सम्बन्धित कार्यलाई व्यवस्थित बनाउनु भएको सो प्रतिवेदनमा उल्लेख छ।

          बैठकले स्वदेशी तथा विदेशी जटिल आर्थिक स्थिति झेलेर केन्द्रीय सरकारले विकासलाई अगाडि बढाइरहेको विषयमा छलफल गरेको छ। त्यसैगरी स्थिर बृद्धि, विकासको समान्वय र सुधारको प्रबर्द्धन योजना गर्नुपर्ने पनि सो बैठकमा औँल्याइएको छ। भर्खरै सर्वाजनिक तथ्याङ्कअनुसार तीन त्रैमासिक महिनामा चिनियाँ अर्थतन्त्र स्थिर देखिएको छ।

           विभिन्न क्षेत्र तथा विभिन्न विभागले नीति तथा कदमलाई व्यवहारमा उतार्ने क्रममा देखिएका कमजोरीलाई सुधार गर्नुपर्ने बैठकले निष्कर्श निकालेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह