फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रक्षा जहाजलाई सहायता दिएकोमा चीनद्बारा साइप्रसको उच्च सराहना

(GMT+08:00) 2014-01-06 18:18:50

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले छ तारिखका दिन पैचिङ्गमा बोल्दै सिरियाली रासायनिक अस्त्रको समुद्री ढुवानीका लागि रक्षादायक येन छङ्ग नामक चिनियाँ जहाज सुचारु रुपमा साइप्रसको लिमासोल बन्दरगाहमा आइपुगेको जानकारी दिनुभएको छ। साइप्रसले चिनियाँ सैनिक जहाजलाई बन्दरगाहमा प्रवेश गराउनुका साथै रसदपानीको आपूर्ति जस्ता अनेकन् सुविधा र सहायता दिएकोमा चीनले साइप्रसको उच्च सराहना गरेको पनि प्रवक्ता व्हाले औंल्याउनुभएको छ।

         प्रवक्ता व्हाका अनुसार, साइप्रसको राष्ट्रिय प्रतिरक्षा मन्त्री, नौ सेनाका सेनापति र स्थानीय चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूले उक्त येन छङ्ग जहाजका लागि स्वागत समारोहको आयोजना गरेका थिए।

         उक्त येन छङ्ग जहाजले गत डिसेम्बर एकतीस तारिखदेखि आफ्नो समुद्री यात्रा थालेको हो। चीनको परराष्ट्र मन्त्रालयले विदेशस्थित राजदूताबासमार्फत् यात्रामा भेटिएका विभिन्न मुलुकका सरकारहरूलाई घनिष्ट सम्पर्क राखेको थियो। त्यसबाट येन छङ्ग जहाजको रक्षा कार्यभारका लागि प्रत्याभूति दिन सकिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह