फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको युन नान प्रान्तले बंगलादेश, चीन, भारत र म्यामार आर्थिक करिडोरको एयर हब खडा गर्ने

(GMT+08:00) 2014-01-07 15:06:27

         चीनको युन नान प्रान्तका प्रमुख ली च हङले जनवरी छ तारिखका दिन युन नान प्रान्तको एक बैठकमा नागरिक उड्डयन व्यवसायको विकासलाई जोडतोडताका साथ अघि बढाउने जनाउँदै युन नान प्रान्तलाई बंगलादेश, चीन, भारत र म्यामारको आर्थिक करिडोरको एयर हबको रुपमा बिकास गरिने कुरा बताउनुभएको छ।

         उक्त बैठकअनुसार, युन्नान प्रान्तले अन्तर्राष्ट्रिय, स्वदेश र प्रान्तभित्र पनि सम्पर्क हुने गरी एयरलाइन्स सञ्जालको सिर्जना गर्ने, युन नान प्रान्तलाई बंगलादेश, चीन, भारत र म्यामार आर्थिक करिडोर, चीन-आशियान रणनैतिक सहयोगको महत्वपूर्ण एयर हबको रुपमा बिकास गर्नेछ।

         युन नान प्रान्तको सदरमुकाम खुन मिङ हो। खुन मिङ एशियामा पाँच घण्टा उड्डयन चक्रको केन्द्रमा पर्दछ। सन् 2013को डिसेम्बरको अन्त्यसम्म युन नान विमानस्थल समूहको 319 वटा एयरलाइन्स संचालन भएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह