फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी नेताहरुले वास्तविक गतिबिधिमार्फत अतिक्रमणकारी युद्ध अपराधको मुद्दालाई सदर गर्न खोजेको चीनको टिप्पणी

(GMT+08:00) 2014-01-07 18:01:37

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले जापानी नेताहरुले वास्तविक गतिबिधिमार्फत् अतिक्रमणकारी इतिहास र क श्रेणीका युद्ध अपराधीको मुद्दालाई सदर गर्ने रबैया देखाउन खोजेको आरोप लगाउनुभएको छ। सात तारिखका दिन पैचिङ्गमा बोल्दै उहाँले आफ्नो कुचेष्टा र षड्यन्त्रलाई लुकाउनुको सट्टा जापानले गलत बाटोबाट फर्केर यथार्थ धारणा अपनाउनु अझ राम्रो हुने पनि प्रवक्ता व्हाले औंल्याउँनुभएको छ।

          प्रवक्ता व्हाले सात तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बितेका केही समयदेखि यता जापानी प्रधानमन्त्री शिन्जो आबेले यासुकुनी देवलको पूजा गर्नुभएबाट अन्तर्राष्ट्रिय समाजको विस्तृत रुपमा कडा प्रतिकृयाको सामना गर्नुपरेको बताउनुभयो।

          प्रवक्ता व्हाले विभिन्न सञ्चार-माध्यमका साथीहरूले चिनियाँ जनता तथा विश्वका जनताहरूको न्यायोचित आवाजलाई जापानी जनतामाझ हस्तान्तरण गर्नसक्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह