फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अफ्रिकाको शान्ति तथा सुरक्षा मामिलाको सकारात्मक संलग्न पक्ष रहेको चीनको भनाई

(GMT+08:00) 2014-01-08 10:13:44
         चीनका परराष्ट्र मन्त्री वाङ यीले जनवरी सात तारिखका दिन झिबुटीका पत्रकारको प्रश्नको जवाफ दिँदै चीनले अफ्रिकाको शान्ति तथा सुरक्षा मामिलालाई सकारात्मक योगदान दिंदै आएको र निरन्तर रुपमा दिंदै जाने पनि बताउनुभएको छ।

         परराष्ट्र मन्त्री वाङले संयुक्त राष्ट्र संघको निर्णय-प्रस्ताव र सम्बन्धित अन्तर्राष्ट्रिय ऐनबमोजिम चीनले चिनियाँ नौ सेनाको युद्धपोत टोलीलाई आदन खाडी र सोमालिया समुद्री क्षेत्रमा समुद्री यात्राको संरक्षण कार्य कार्यान्वयन गर्न पठाएको तथा हालसम्म चीनले 16 खेपका युद्धपोत टोली पठाइसकेको र 5 हजार300 वटा जहाजको समुद्री यात्राका लागि संरक्षणको जिम्मेवारी निर्वाह गरेको बताउनुभयो।

         यसैबीच परराष्ट्र मन्त्री वाङले चीन अक्रिकाको शान्ति तथा सुरक्षा मामिलाको सकारात्मक संलग्न पक्ष रहेको बताउँदै समुद्री यात्राको संरक्षण र आतंवादको प्रतिरोध कार्यबाहेक चीन पनि अफ्रिकामा शान्तिस्थापनामा संलग्न रहेको बताउनुभयो। उहाँले संयुक्त राष्ट्रसंघका पन्ध्र वटा शान्ति मिसन अन्तर्गत चीनका एक हजार आठ सय सैनिकले अफ्रिकामा शान्ति स्थापनाको कार्यभार सम्हाल्दै आएको जानकारी पनि दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह