फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ "स्युए लोङ्ग"नम्बर जहाज सफलताका साथ बाक्लो बरफ क्षेत्रबाट मुक्त

(GMT+08:00) 2014-01-08 10:36:54

           पैचिङ्ग समयअनुसार सात तारिख दिउँसो पाँच बजेर पचास मिनेट जाँदा कठिन अवस्थामा परेको चिनियाँ "स्युए लोङ्ग"नम्बर बरफलाई फुटाउनसक्ने जहाज सफलताका साथ बाक्लो बरफ क्षेत्रबाट सफलताका साथ मुक्त भएको छ। सोहि दिन रुसी यात्रुवाहक जहाज अर्थात् "अकादेमिक शोकाल्सकी"नम्बर जहाज पनि घना बरफ क्षेत्रबाट मुक्त भएको छ।

           हाल "स्युए लोङ्ग"नम्बर जहाज दक्षिण महासागरको स्वच्छ पानी क्षेत्रमा तैरिरहेको छ। त्यसले निरन्तर रुपमा दक्षिण ध्रुवीय महासागर घुम्ने वैज्ञानिक सर्भेक्षण यात्रा जारी राख्नेछ।

          यसैबीच अस्ट्रेलियाको समुद्री मामिला ब्युरोले सात तारिखका दिन एउटा कृतज्ञता संदेश पठाउँदै चीन सरकार, "स्युए लोङ्ग"नम्बर वैज्ञानिक सर्भेक्षक जहाज र "स्युए यीङ्ग बाह्र"हेलिकोप्टरले सफलताका साथ खतरामा परेको रुसी "अकादेमिक शोकाल्सकी"नम्बर जहाजमा रहेका यात्रुहरूलाई जोगाएकोमा हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह