फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपालको प्रकृति संरक्षण कोषलाई सवा करोडको उपकरण प्रदान

(GMT+08:00) 2014-01-09 16:23:52

          चीन सरकारले राष्ट्रिय प्रकृती संरक्षण कोषलाई करिब सवा करोड रुपैयाँ (चिनियाँ युआन आठ लाख) बराबरको कार्यालय र अनुसन्धानका लागि आवश्यक उपकरण उपलव्ध गराएको छ। नेपालका लागि चीनका राजदूत वु छुन्थाईले बुधवार आयोजित कार्यक्रममा कार्यालय सामाग्री तथा उपकरण कोषका सदस्य सचिव गोविन्द गजुरेललाई हस्तान्तरण गर्नुभएको हो।

          चीन सरकार र नेपाल सरकारबीच सन 2012 को अगस्त 27 र 29मा आदान प्रदान गरिएका द्विपक्षीय पत्रका आधारमा चीनले कोषलाई कार्यालय सामाग्री तथा उपकरण उपलब्ध गराएको हो। ईकान्तिपुर अनलाईनका अनुसार चीनले स्पिकर, डिभिडि प्लेयर, माईक्रोफोन, साउण्ड सिस्टम, प्रोजेक्टर, कम्प्युटर, लेजर पि्रन्टर, डिजिटल भिडियो, लाउडस्पिकर, जिपिएस, युपिएस, नोटबुक पिसि, प्रोजेक्सन स्क्रिनलगायतका सामाग्री उपलव्ध गराएको हो।

          हस्तान्तरण कार्यक्रममा वनमन्त्री एवं कोषका अध्यक्ष टेकबहादुर घर्तीले संरक्षण तथा अनुसन्धान केन्द्रका लागि उपकरण सहयोग गरेकामा चीन सरकारलाई धन्यवाद दिदै यसले अनुसन्धानलगायतका गतिविधि सञ्चालनमा सहयोग पुग्ने बताउनुभयो। दुई देशको सिमाक्षेत्रमा वन्यजन्तु तस्करी नियन्त्रणका लागि तीन वर्ष अघि दुई देशबीचमा सहकार्य गर्नेबारे हस्ताक्षर भएको सहमतिपत्रलाई स्मरण गर्दै मन्त्री घर्तीले जैविक विविधता संरक्षणमा चीन सरकारको योगदानको प्रशंसा गर्नुभयो।

          त्यस्तै, राजदूत छुन्थाइले भौगोलिक र सामाजिक परम्पराले फरक रहेता पनि नेपाल र चीनको सम्बन्ध शान्तिपूर्ण सह-अस्तित्व र आपसी विकासको नमूना भएको बताउदै नेपाललाई सहयोग गर्न पाएकोमा आफू खुसी भएको बताउनुभयो। कोषको संरक्षण तथा अनुसन्धान केन्दले प्राकृतिक वातावरण र जैविक विविधता संरक्षण, पर्या-पर्यटनको विकास, जलवायु परिवर्तनका असरहरुको न्युनीकरण र दिगो सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह